Jump to content

Page:Luni.pdf/8

From Nepali Proofreaders
Revision as of 17:33, 1 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> गरम गरम प्याला, बोक्छन्‌ गुलाफ गाला; हिउँ जस्ता छाला, कोमल जसका छन्‌ ॥ गालामाथि कोठी, काला तिलका छन्‌ । जसका तिर्छी नजर मार्ने झिल्का छन्‌ ॥ {{pcn|(५)}} सिल भुवाको भोटो...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

गरम गरम प्याला,
बोक्छन्‌ गुलाफ गाला;
हिउँ जस्ता छाला,
कोमल जसका छन्‌ ॥
गालामाथि कोठी,
काला तिलका छन्‌ ।
जसका तिर्छी नजर
मार्ने झिल्का छन्‌ ॥

(५)
सिल भुवाको भोटो
मखमल अल्खामा:
कान चिरेको टोपी,
बाघको छालामा;
पन्ना लप्सीजत्रो
कानमा कल्कन्छ ।
बाहुला जोरी साम्बा,
सिमल भुवामाथि
सुखले ढल्कन्छ ॥

(६)
असल असल नौनी
चाँदी डब्बामा
बनेका मिर्ग खुट्टी,
हिउँले धूलो छुट्टी,
बुर्बर पारी हाल्छन्‌
चिया बट्टामा ॥