कविराजको च्याङ्ग्रे खच्चर कविराज च-प्रसादको मुख्य चिह्न झुस्मुसे दाह्री थियो- त्यस
बेला जब एक शंक्याहा बडाआदमीका छ महीनाको कपालदुखाइ उनले
गोडाका बूढीऔंलाको नङमा कापालिनी बूटी लगाएर बिलकुलै निर्मूल गराउँदा चङ्गा भएका
उनले हरियो दोसल्ला ओढाएथे । बनारस
विश्वविद्यालको प्रमाणपत्रमा काने चित्रकारीलाई फूलबुट्टा सिंगान लगाएर,
डाक्टर द्रव्यरञ्जन सेनको हस्तलिपिमा अंग्रेजी प्रशंसापत्रसमेत टाँसी
उनी हरेक घरका बिरामीकोठारीमा हेर्न आउनेहरूको नजरलाई 'ओहो !' 'ओहो !' पार्दथे । हामी भन्न सक्तैनौं कति मात्रामा मनोवैज्ञानिक प्रभावहरू
औषधिमूलोलाई मद्दत दिन्छन्; तर प्रमाणपत्रमा चित्रकारी नभएको भए
यो कुरा वञ्जलेप निश्चित छ कि धेरै बिचरा मनुष्यहरूको स्वदेश सेवानुरागी प्राणले दुःखको दुःखमै यमपुरीको बाटो लिन्थे अनि उनी कुरा गर्न खूब सिपालु थिए र आकाश-पाताल जोड्नेहरूले स्वर्गमा पुगिसकेको
प्राण पृथ्वीसम्म फर्काएर ल्याउन सक्तैनन् भन्ने कनै व्यक्तिको अनुमान
हुन सक्तैन । तर आफ्नो सफलताको हरियापाती लगाएको अधबैंसे कविराजलाई घोडा चढ्नमा ज्यादा अभ्यास नहुनाले र आफ्ना हड्डी र जोर्नीको समेत होशियारी जबर्दस्ती हुनाले अरबीको त कुरै भएन, ताजा तेजिलो खच्चरको पीठमा सवार हुनेदेखिन् पनि स्वभाववश उनी डराउँथे । तैपनि जजमान
धेरै हुने पुरोहितलाई ज्यादा कामको भीड परेझैँ चिताका नजीक पुगेका अभागीहरूले बचत पैसाले प्राणलाई आशा राख्ने कविराज बाजे सम्झनाको
कारण, उनी बेफुर्सदी भएर साँके सार्कीका जुत्तालाई चाँडै खियाउनुभन्दा बरु रवाफ र धाकसमेत रहने हुनाले एउटा च्याङ्ग्रे खच्चर खरिद्नको
बुद्धिमानी राखेका थिए । पहाड नचढ् त पर्खालै सही ! र अरबी भनेको ज्यादै अग्लो जन्तु थियो र वायुपड्गी सिलिङ चढ्न् भने ताजा र तेजी भए कविराजको च्याङ्ग्रे खच्चर/ ९१