Jump to content

Page:Shakuntala.pdf/170

From Nepali Proofreaders
This page has not been proofread

जुन सत्य हौ मन-मोहन ।
तल मोहनीसरि भर्दछ ॥
अनि लेखनीबीच प्राकृत !
रँग-रूपमा सन पर्दछ ॥
(१८)

अलि लाम्चिलोपन गोलिँदो ।
कलिलो हने रँग रेखन ॥
कमलै फुलेसारै कोमल !
मुखरूप मानवमा: थियो ॥
न कपोल छन्‌ अति गोल ती ।
लघु पुष्टता अनमोल ती ॥
त्यति मासु भै मृदु हाडमा ।
जतिले कडापन ढाक्दछ ॥
तल लच्किएर झिनी बनी ।
सुकुमारिता छ छुँदी कटी ॥
(१९)

अलि टिकङ्गरेपन खारुमा ।
अलि पातली हलक्क छन्‌ ॥
र प्रियम्वदा अलि होचि भै ।
तर अज पुष्ट सलक्क छन्‌ ॥
दुइ छाडि ती तर रोजिने ।
उनिचाहि चट्ट सलक्क छन्‌ ।
(६०)

अलि शीतलो जल झल्किने ।
हिमबरिन्दु झै किरणाँचल ॥
छरिती बनीकन छालकी ।
छतछुल्लमा तन उद्दछिन्‌ ॥
त्वरितोत्थिता अरुणीकूता ।
मृदु-केशकी जलफझल्मले ॥