This page has not been proofread
अब के गरी कुन युक्तिले ।
नजिकै बनी यरशदारको ॥
दिनु सूफ यो दिलको निको ।
न त बोलिने न त रब्रिने ?
न त चालमा मृदु भक्तिने ।
कन चित्रमा मन रब्िने ?
(८)
किन लाग्छ छ गहमा यसै ?
किन चित्त विह्वल भो त्यसै ?
किन हेहेँ हेरै भयो सदा ।
किन खोजुँ खोजेँ जतातता ?
(२९)
मधु-सञ्चयीकन शानले ।
कृसुमी परीहरू डाक्दछन् ॥
नव चाल चारु सिँगारदै ।
जन कोयली रस लाग्दछन् ॥
तन के त्यसै गरी शानमा ।
मृदु भाव यो छ फूलाइने ?
(३०)
जसरी लताहरू डाक्दछन् ।
मलय-प्रवात वसन्तमा ॥
मनको कुरा मृदु अक्षले ।
त्यसरी कि बन्छ सुभाषित ?
कित पुष्पतुल्य सुवासित ?"
(३१)
यति सोच्दछिन् मनमा तिनी ।
किन चारु ती नखरा गरी ॥
अलि नक्कली रुन सुन्दरी ।
मृदु हाँस्दथिन् चपलासरि ?
(२२)