Jump to content

Page:Shakuntala.pdf/169

From Nepali Proofreaders
This page has not been proofread

अब ती चले वन-मार्गमा ।
जलतीरतर्फ नुहाउन ॥
मधु-भाषिणी वनकी चरा-
हरु तीन ताप डुबाउन ॥
(५२)

सब मार्गमा पद सुस्तरी ।
हलुका गरीकन चाल्दछन्‌ ॥
तर मूक छन्‌ रि कन्त्रला ।
दिल रहरै ' वन-कोपिला ॥
अइ बोल्दछन्‌ वनका चरा ।
जब प्रात शुच्र बनी घरा ॥
रँगदार झल्मल _ शीत छ ।
(५३)

अलि बेलिँदी वन-नागिनी ।
जल-चज्चला गिरिनिम्नगा ॥
सब रौप्य छन्‌ हिउँ रोगन ।
अति छल्बले छविमा खुला ॥
लहराउँदी र छचल्किदी ।
जल झल्किने घवलीकृता ॥
(५४)

तर नानिले नडराउने ।
वनका सुताहरु वल्कल ॥
तटमा घरेर चले तल ।
(५५)

कसरी लाउनु पत्रमा ।
नलिई नुरुसै कनै ॥
कन रङ्ग मिश्रण पाउनु !
बरु श्रेय हो नबताउनै ॥
(४६)

तर रूपमा कसुमोपमा ।
रस-दिव्य - सुन्दर मोहनी ॥
प्रभुकै हुँदा म यहाँ छुँदा ।
नबनूँ कतै घमिलो पनि ॥
(१,७]