Jump to content

Page:Shakuntala.pdf/160

From Nepali Proofreaders
This page has not been proofread

नहतै तरङ्ग अरूहरू ।
मनमा भए लहराउँदा ॥
वन-सुन्दरीकन बासना ।
मलया५निलैसित आउँदा ॥
(३३)

अनि नीँद र्‌्रृहरूसँग।
मिसिई झरी वन-जूनमा ॥
अमृतांशुका कर झैं लघु ।
क्रतुराजका मृदु पातमा ॥
तरुणी सुतिन्‌ कुसुमायिता ।
सपना खुली छावि-संयुता ॥
वन पस्दथे सपना कता ।
मृदु कञ्जमा कुसुमी कता ॥
(३४)

यमुना-विचुम्बित तीरमा ।
अमृतांशुले सुषमायुत ॥
तरुशाखिनी वन-वल्लरी ।
दुद डोरमा तल भर्दथी॥
तर पीड बन्न बटारिँदी ।
मुरली-मनोहर विन्तिमा ॥
रज झर्दथ्यो सन नर्बर ।
तरु गर्दथे अरु मर्मर॥
दल गर्दथे सब सर्सर।
वन-श्वासमा मृदु हर्हर॥
मृदु चञ्चुका स्वर चिर्निर ।
वन भर्दथे मुरली स्वर ॥
छवि खिर्निरे तरु फेदमा ।
वन-वल्लरीतिर देख्दछिन्‌ ॥
प्रभ्‌ कृष्णको मुसकानमा ।
मुरली-मनौोहरको छटा ॥