This page has not been proofread
कलिली तिनी विरही बनी ।
अलि सोच्दछिन् मृदु प्रश्न ली ॥
सखि वल्लरी वनमा फुली ।
मृद् हाँस्थे कलि खिल्खिली ॥
रँग लाजका मुखमा बली ।
अधरेच्छु भै नखुली करा ॥
उनबाट दिव्य रहस्य ली ।
(२०)
तर देख्दछिन् जब अल्मली ।
अलि कोपिले मनमा जली ॥
सबमा शराप तिनी पनि ।
मृदु ढङ्गका मनले दिँदी ॥
यति भन्दधिन् “रवि आउँदा ।
सन आँसुदार बने रुँदा ॥”
तन बन्दथे सन छुनुना |
पवनेच्छु ती कोल औँ मुना ॥
(२१)
तर बुभदखिन् कि प्रियम्वदा ।
त चारुले मधुरास्पदा ॥
सखि-भावना मन-मञ्जरी ।
क्तुराजको महिमा भरी॥
(२२)
“किन बस्दथिन् सखि एकली ।
मरुपुष्प झैं खिइँदी फ्ली॥
मृदु वासना नव बैंसको ।
विरही शिखा बनिनगै जली ॥"
दुई भन्दथे सखि चिन्तिता ।
अनसूयिनी र प्रियम्वदा ॥
[२२े)
“किन बस्दथिन् सखि एकली ।
मितभाषिणी निहरी भली ?