रिझाउनमा दुनियाँमा मार्शल जस्ता अर्शास्त्रीहरू नियम बनाउने खोजमा छन् । म भैंचम्पा खेल्दछ ! आतसबाजी उडाउँछु र जता नजर दियो दुनियाँको मानव राजा भई निरंकुश शासन गर्दछु ! फेरि म कस्तो बाठो छु ! सिगमण्ड फ्रडहरू हार खाइरहेछन् ! यता हेर्छन्, उता अलमलिन्छन्, यता कुइरामा पर्दछन् ! खौँदिलो सत्य निकाल्न के मजा ? नियमले नाप्न खोज्छन् मलाई- जो दुनियाँलाई हरहमेशा नस खुवाउने काममा छु! बरु आलु रोप्नेले प्रकृतिलाई बुभन सकिन्न भनेर ईश्वर-विश्वासका खँदिला उल्लास निकालोस् । उनीहरू आज
आविष्कार गर्छन्, भोलि
मेट्तछन् । मैले कपाल कन्याएँ भने त्यहाँ बाँदरदेखि मनुष्यको
प्रौढतासम्मको विकासको इतिहास छ, तर उनीहरू साङ्ग्रा ताक र
सस्ता नाफाका जीवनसँग जोडाइ-घटाइ भाउमा जोडेर बहस गर्दछन् ! दुई-चार क्रा जाने उनलाई चमत्कार छ, चमत्कारी बन्दछन्र आफूलाई दुनियाँका चलाकीका ठेकदार सम्झन्छन् ! म उनीहरूलाई हरहमेशा
हंस्सी उडाउँछु । गणितात्मक चेतका पुजारीहरूलाई मानिस विज्ञान बनाउने सोख छ । तर म सधैँ अविदितको आड लिएर भन्दछु 'पढ बाबु हो ! खोज ! मलाई राम्ररी बुभ्न एक अनन्त काल बाँकी नै छ।' तर निकै चलाक छन् ठिटाहरू ! दुई-चार क्रामा मलाई हँसाइ पनि दिन्छन् ! हो त ? म कति छकाउँछु दुनियाँलाई, कति गिज्याउँछु । म स्वार्थले महात्मा बन्न खोज्छु, अप्रियले रिसाउँछु झूटा कुराले आफूलाई बुझाउँछु
सातपत्रे मिध्याबाट बोल्दछु अनि उनीहरू उल्झन फुकाउनको प्रतिभाशाली सौखमा विज्ञान बनाउन खोज्दछन् ! मैले झल्काइदिएका छकावटहरूले
नै उनीहरू पण्डित भए ! उनीहरू भूलभुलैयाका अन्धकारमा हिँड्छन्, विज्ञानका विवेकी धागामा; तर यिनलाई अन्धकारको 'मिनोटावर'-ले
खान्छ !
के तिमीले मलाई त्यस वेला देख्यौ, जब म सुनको पखेटा
लगाएर हिमालयको चुलीमा पुगेको थिएँ । मलाई विश्वको लयले पक्रेको
थियो, म अम्लान बारीका पुष्पहरू टिप्तथें । के कहिले-कहिले तिम्रा
अण्ु-अणुहरू झनझनाएर आउँदैनन् ? ती जादूगर्नी, जसलाई मानिस
कल्पना र भावना भन्दछन्-के तिमीले तिनका दीपक रागहरू सुन्यौ ?
के तिमीले 'राम-को शब्दमा अडेका विश्वहरू छामेका छौ-तेत्तीस कोटी
आत्माको मधुर पुकारहरूले गुञ्जित भएका ! मैले त्यहाँसम्म खोजेँ, जहाँ मान्छे-जादू/ १)