कार्यरूप विश्व भएपछि कारणरूप कर्ता सजिलो न्यायबाट निस्कन्छ । वैज्ञानिकहरू अन्धो काकताली सम्झेर प्रकृतिलाई देखाउँछन् तर विश्वमा अन्धता छैन । त्यहाँ अराजकता देखिन्न । रूखका जरामा पनि दिव्य अभ्रिप्रायको अदृश्य औंला काम गरिरहेको जस्तो देखिन्छ । जडको
शून्यताउपर केही अर्कै आभास स्थिति भइरहेछ, मिलाप दिइरहेछ, बनाइरहेछ, आकार मेटिरहेछ । ताराका रेखाहरूमा पनि दिव्य झल्किरहेकै
छ । अनि तेस्रो कुरा-हामी विरोधको द्वन्द्वमा साम्य पाइरहेछौं, मानौं ती
दुवै विरोधी क्राहरू एकै सत्ताबाट क्रियात्मक रूपमा आभासित छन् । चौथो चीज यो हो कि-जडमा स्वतःक्रिया हँदैन, क्रिया गर्ने कर्ता सहजसँग प्रमाणित हुन्छ । पाँचौं कुरा- हामी संसारमा दिव्य नीतिको
संकेत पाइरहेछौं, यहाँ द्वन्द्वको ऐक्यमा नै शान्ति र सत्य भेट्टाइन्छ । दुःखहरूमा परमेश्वर सम्झाउने र सत्य संकेतक अभिप्राय स्पष्टीकृत छ र हामी असत्यको राहले शान्ति पाउँदैनौं । सौन्दर्य सत्यबाट झल्कन्छ र चराहरूको मधुरता परमात्माहरूको आनन्दको लागि पाइएको जस्तो बुझिन्छ ।माधुर्य परप्रेममा आभासित हुन्छ र विश्वोपयोगितामा चीजहरूले
सौन्दर्य लिएजस्तो प्रतीत हुन्छ । तब स्पष्ट हुनजान्छ कि-चराचरमा
दिव्य नीतिकै शासन रहेछ । छैटौं कुरा-ईश्वरीय चेत नभई मानवमन
प्रकृत विकास पाउन सक्तैन, गडर्बाडन्छ । कट्टर नैतिक पनि टूटफूटको अँघेरीमा पर्दछ । सव तार सुरमा मिल्दैनन् । नास्तिकापत्तिहरूद्वारा संघर्षण
र विश्वस्थितिमा गडबडीहरूका प्रणाशक उपाधिहरू उत्पन्न हुन्छन् ।
सातौं कुरा-परमेश्वरमा विश्वास नगरी कुनै आत्माले संसार छाड्न
सक्तैन । यो सबै मनुष्यजातिको त्यस वेलाको अनुभवमा म निर्धारित
राख्तछु जब यिनीहरूको प्राण गलामा आइपुगेको हुन्छ । हाम्रो मरणासन्न प्रकृत आध्यात्मिक ध्वनि 'हे ईश्वर !" को पुकारसँग जीवन समर्पण गर्छ । सार्वजनिक यस प्रवृत्तिले हामी ईश्वरको सत्ता आखिरमा स्वीकार
नगरी सक्तैनौं । आठौं प्रमाण-हामी प्रेमको आभासमा पाउँछौं । सिर्जनाको
दिव्य अभिप्राय प्रेममा उत्पन्न भएजस्तो देखिन्छ, यो प्रेम अरू ठाउँ
अनन्त करुणाको रूपमा देखा पर्दछ । जीवनलाई सच्चा आनन्द दिन
सूचना भएका सामग्रीहरू झैं संसारमा सब चीजहरू आभासित भएझैँ
लाग्छ । तिनमा उपभोगहरूबाट पाइने आनन्दउपर एउटा यस्तो राम्रो दिव्य प्रेमको तत्त्व झल्किन्छ कि त्यसबाट ईश्वरको सहानुभौतिक सादृश्य २५८लक्ष्मी निबन्ध-संग्रह