Jump to content

Page:Laxmi nibandhasangraha.pdf/31

From Nepali Proofreaders
Revision as of 21:42, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "नेपाली साहित्यको इतिहासमा सर्वश्चेष्ठ पुरुष साहित्यिक श्रेष्ठताको नाप जनतामा परेको प्रभाव र सर्वकालीन हृदयस्पर्शितामा निर्भर रहन्छ । नेपाली साहित्यको इतिहास हेर्दा हामीलाई...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

नेपाली साहित्यको इतिहासमा

सर्वश्चेष्ठ पुरुष

साहित्यिक श्रेष्ठताको नाप जनतामा परेको प्रभाव र सर्वकालीन

हृदयस्पर्शितामा निर्भर रहन्छ । नेपाली साहित्यको इतिहास हेर्दा हामीलाई

त्यत्तिको प्रभावकारी र सर्वप्रिय रचनाहरू अरू जँच्तैन, जत्तिको भानुभक्त कविको नेपाली रामायण । धेरै यस रचनालाई हेला पनि गर्छन्‌ तर

उनीहरू सम्झँदैनन्‌-यो रचना आफ्नै हृदयको कति नजीक छ ।

हामीहरू ज्यादाजसो साहित्यलाई खालि श्ङ्गार देख्तछौँ; शब्दलाई

फा लगाएको, लाली चढाएको, आधुनिकता निकालेको, अथवा कालिदासको

झैं उपमाहरूले झल्लरी-मल्लरी बनाएको एउटा रङ्गिलो आडम्बर, एउटा

रसगोले माधुर्य, अथवा संस्कृतको आडम्बर, या खिंचातानी चमत्कार । हामी 'अलङ्कार-चन्द्रोदय'लाई साहित्य सम्झन चाहन्छौं । हामी बौद्धिक

र बोक्रे रुचि देखाउँछ । हामीहरू अनुप्रासलाई किताप भन्दछौं र भडकलाई

आधुनिकता । हाम्रो माग रुगणको रुचि जस्तो छ । निःसारमा हामी सार देख्तछौं, हाम्रो बीसौं शताब्दी ज्यादाजसो कृत्रिमतामै रमाउँछ । हामी मुद्‌ चाहँदैनौ, भुलभुलाबटको जरूरत छैन, सच्चा हृदयको स्वदेशी सौस्दर्यको कदर गर्न सक्ने शक्तिको न्यूनता हामीहरूमा अरू सबै दोषभन्दा ज्यादा टड्कारो छ।

म चाहन्छु हृदय । कविको छन्द भुलभुलावट होस्‌, न कि तगण र औंलागनाइ । प्रसिद्धिप्रेमको प्रेरणा मलाई निको लाग्दैन । म चाहन्छु हृदयको एँडी । कविलाई त्यहाँबाट लेख्न मन लागोस्‌, जहाँ मानबआँसुहरू प्राकृतिक भावमा पग्लिन्छन्‌, जहाँ सत्यको आमन्त्रण आत्मामा सुन्दरको ध्वनिमा स्पष्टीकृत हुन्छ । कवि बोलोस्‌-जसरी चराहरू बोल्दछन्‌, न कि जसरी वस्तादहरू कसरत गर्दछन्‌, हृदयले हृदयलाई बोलाओस्‌ २२/लक्ष्मी निबन्ध-संँग्रह