उसलाई ठक्कर खानु, च्याँठ पाउनु र तैपनि एकहोरो अन्वेषणमा
लागिरहनुसिवाय केही हुँदैन, यद्यपि शरीरका नसा जल्दै-दुट्दै शरीर नै
चिता बनोस् । तर मानव-आत्माको धुन अनौठो छ । असत्यबाट शान्ति पाउँदैन । अनेक भूलहरूमा पनि सत्यकै खोजमा लागिरहेको हुन्छ । ईश्वरको इच्छाले यो प्रकृतिको जडताले सत्यका झल्का मनाइरहोस् तापनि
आत्माले आफ्नो ढिपी छाड्दैन, र सत्य खोज्दाखोज्दै भूलभुलैया पसे पनि
उसलाई आफ्नो ध्येयको प्राप्तिमा करोडौं अँधैरा कोठरीका उल्झनमा र ठक्करमा च्याँद्ठिदै र सेलाउँदै हिंड्नैपर्छ ! यसकारण विचारको ठुँगाइ थाहा हुने पुरुषहरू पनि विचारको खेतीमा लाग्दछन् र विलासका
सामग्रीहरू पञ्छाएर बिचरा मासु र हाडको जीवनलाई सङ्ष्ट दिन्छन् । म एक जनाकै दुःखहरू मेरा निमित्त प्रशस्त छँदै थिए, मेरा घाउ, मेरा
नूकचूकहरू, अभावको ऐँडीले नूनतेल खोज्नलाई खुट्टा दौडाउनको काम
प्रशस्त छँदै थियो र हजारौं कुराको क्षेत्रमा पसेर तकलीफ पाउन किन
मन लाग्यो म भन्न सक्तिनँ । उसलाई अरू मनुष्यको स्वभाव, कर्म र
सुखदु:ख विचार गरेर गौर गर्नामा किन चाख लाग्यो, त्यसको बुझाइ
छैन । संसारको स्वभाव, यसका दर्शन र आनन्द, यसका वियोग र संयोग, उल्झन र गडबड, त्यसको अतीत र भविष्य, यसका वर्तमान
समस्याहरू र तिनका हल इत्यादिमा चाख लिएर अनन्त दु:खकाण्डको अध्ययन गर्न खोज्नामा के मोहनीले मेरो आत्मा अग्रसर भयो भन्न म
सक्तिनँ । तर वास्तवमा क्रा त्यही छँदैछ-यो आत्मा खान चाहन्न, सुत्न चाहन्न, पढ्न चाहन्न, सहानुभूतिले डसिन चाहन्छ र अनन्तको वेदना
उठाउन चाहन्छ । प्रख्यातिको प्रेम भनेर धेरै मनोवैज्ञानिकहरूले साहित्यप्रेमलाई
बुझाउन चाहन्छन्, तर जस्तो विज्ञानले पनि वस्तुको सतहसम्म मात्र
छोएर बोक्रे बुझावट दिन्छ, त्यस्तै मनोवैज्ञानिक पनि बोक्रे बोधले
सन्तोष लिन्छ । मनुष्यका सम्पूर्ण आत्मा बुझाउने विद्या अहिलेसम्म
निस्केको छैन, न निस्किएला, तर सूक्ष्म कलाहरू अलिकति त्यसतर्फ
मद्दत गर्नेमा नाम
लिइन सक्तछन् । खालि
प्रध्यातिको प्रेमले
मानवआत्मालाई मतको[को पारसम्म पुन्याउन सक्तैन, न त ती जीवनका
मीठा प्रलोभनहरू सबै विजय गर्नामा सामर्थ्य दिन्छन्- जसको विजय
२०/लक्ष्मी निबन्ध-संग्रह