Jump to content

Page:Laxmi nibandhasangraha.pdf/25

From Nepali Proofreaders
Revision as of 21:40, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "क्रूर लडाइँ गर्दागर्दै उसको चेहरा हेरेर कोमल हुन्छु, मलाई स्वर्गको आगो चोर्न मन लाग्छ, जब उसको नजीक हिड्दै आउन लागेको देख्तछु! म अल्सी हुन सक्तिनँ उसका अगाडि, अनन्तसँग हरहमेशा जवा...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

क्रूर लडाइँ गर्दागर्दै उसको चेहरा हेरेर कोमल हुन्छु, मलाई स्वर्गको आगो चोर्न मन लाग्छ, जब उसको नजीक हिड्दै आउन लागेको

देख्तछु!

म अल्सी हुन सक्तिनँ उसका अगाडि, अनन्तसँग हरहमेशा

जवाफदेही राख्तछु ।

मलाई आटलास नामको राक्षस बनाएर अनन्त कालसम्म आकाश र नक्षत्रका भार बोकेर बस्‌ भने पनि म बस्न सक्तथें-खालि शिशुको

लागि । परमेश्वरका अनन्त दुःख बालकले गर्दा परमानन्द बनिरहेछन्‌ । यत्रो विश्व बनाउनु, यसलाई पाल्नु, के दु:ख होओइन ? तर परमेश्वर त्यो दुःख सहनुहुन्छ, किनकि बालकसँग परमेश्वरको प्रेम छ । बालक नभए पृथ्बी हरियो हुने थिइनन्‌ । ताराहरू त्यति टाढा बसेर सानासाना केटाकेटी जस्ता नीलो झूलभित्र छुनुमुनु गर्ने थिएनन्‌ । बालक नभए सूर्यको उज्यालो पृथ्वीमा गिर्न सक्ने थिएन । किन यत्रो भार बोक्छौ

ईश्वर ? 'बालकको लागि ।' किन यति रोएको दुनियाँ ?- 'रक्षा गर्नाको

लागि ।' हामी यत्रो त्रिताप खप्तछौं किन ?- बालकको शिशुलाई रक्षा

गर्न, पाल्न, पोस्न ।' बालक हाम्रा देवता हुन्‌ । दुनियाँको सारा कर्म

उनलाई पूजा गरिरहेछन्‌ । पृथ्वी अन्न उमार्छिन्‌ मनुष्यका छोरा-छोरी पाल्नाका निम्ति । 'तेरो सबभन्दा ठूलो धन के मान्छे ?'- 'मेरो नाबालक ।' मर्दा के चाहन्छस्‌ तुल

हे महायुद्धहो ! हे

मेरो नाबालकको संरक्षण र तिनको भलाइ ।'

! किन तिमीहरू घरातललाई हल्लाउँछौ ?

'बालकको लागि ।' तब, जुन दिनदेखि म पिता बनेँ, म परमेश्वरको अंश

लिएर संसारमा दुःख पाउन थालें । मेरा सब सोसारिक क्लेश शिशुका प्रेमले आनन्द बनिरहेछन्‌ । म दुनियाँ बनाउन चाहन्छु, बिगार्न चाहन्नँ, किनभने म बालकहरूको प्रेमी छु ।

१६८लक्ष्मी निबन्ध-संग्रह