पहाडी जीवन मलाई धेरै दिनदेखि पहाडी जीवन हेर्नाको चाख रहेको थियो ।
मैले गोसाईंथानयात्रामा पहाडहरू देखेको थिएँ, तर पहाडी जीवन देखेको थिइनँ । बाटामा जो देखियो सो प्रतिबिम्बित थिएन । एक दुई झुप्रा, एक
दुई बजार, अरू वन, पहाड, बाटोसिवाय देखिएन । माथिमाथि त मनुष्य
चरो झैं कहिले लेक-बेसी गर्ने जीवन लिंदा रहेछन्, र जहाँ कटेरो र
भेडाहरू रहन्थे उहाँ हिउँदमा खालि तुसाराको निष्कण्टक राज्य मात्र रहने हुँदो रहेछ । अर्को ठाउँमा मैले एउटा आलटालले झोपडीमा सिस्नु
पकाएर बच्चालाई खुवाउँदी आमासँग सोधेँ, 'तिमीहरू यहीँ बस्तछौँ ?' उसले जवाफ दिई, 'हिउँदमा त यहाँ जमीनै देखिन्न ।' केटाकेटीहरू उसिनेको सिस्तासँग ढिँडो खान लागेका थिए, काँढाहरू अलिकति तातोले
मर्दा रहेछन् । तैपनि मानव अन्ननलीमा त्यस्तो काँढादार पदार्थले कुकुल्ढुक
गर्ने ढिँडो घुचेट्दै पुलीसको काम दिएको देख्ता मलाई साह्रै नै दयनीय
दृश्य देखेझैँ लाग्यो । ती केटाकेटीहरू दुब्ला, ख्याउटे, रातोमाटे रोगनका,
चिथरादार बाउन्ने जातिका हाडे मान्छेका नमूना झौं अज्ञानका जङ्गली
आश्चर्यदार आँखा उठाएर मलाई हेर्दथे । तिनका निम्ति जीवन दगुर्नु या घूलोमा खेल्नु थियो । आमा रहुञ्ज्याल माग्नेभन्दा एक कक्षाउपर रहनेजस्ता थिए । मलाई मनमा लाग्यो कि बिचरा जङ्गली बिरुवाहरूलाई कठयांग्रिदो फूल खंग्य्राउने तुषारमय अज्ञान र दारिद्वचबाट निकालेर आफ्नो घरमा लैजाङँ र विशाल संसारको सभ्य चमत्कृति र जीवनको होश अलिकति हालिदिउँ कि । मलाई अक्सर त्यहाँ शिशुहरू बटुल्न या
तालीम गर्न मन लाग्दछ जो टुहुरा, मरञ्च्याँसे र ज्यादा जङ्गली हुन्छन् ।
तिनको भविष्य-निर्माणको सम्भावनामा उपन्यास बनेजस्तो देख्तछु र मलाई तिनको संस्कृत आत्माहरूले प्रतिभाशील उन्नतिमा देखाउने कृतज्ञताभन्दा ठूलो प्राप्ति दुनियाँमा अरू लाग्दैन । तर समय र ६लक्ष्मी निबन्ध-संग्रह