Jump to content

Page:Munamadan.pdf/33

From Nepali Proofreaders
Revision as of 13:25, 18 April 2025 by Rbn (talk | contribs)
This page has been proofread



    (गीत)
    वैशाखको पूर्णिमा
    हेर ! हो हिमाल जून !
    रातको कालो वर्णमा
    अमृतको यो थालीले
    झलमल पार्ने कुन ?
    स्याब्बो च्याङ्बा ! स्याब्बो च्याङ्बी !
    संसार मथ्दा जूनको नौनी स्वर्ग तर छ, सुखको दिन !
    तारा-झुप्पे यो रूखमनि
    कसले लगायो धून ?
    चूलीमा पुग्यो बाटो गुनी
    आँधी नाची, पर्वत नाघी,
    संसारलाई लाउन गुन ?
    स्याब्बो च्याङ्बा ! स्याब्बो च्याङ्बी !
    आफूलाई जित्ने संसार जित्छ निर्वाणभन्दा कीर्ति कुन ?
    आकाश उनको छाती हो
    करुणा-धारा सुन !
    तारा आँखा राती हो,
    माटी-जरामा बन्चरो दी
    काललाई जित्ने कुन ?
    स्याब्बो च्याङ्बा ! स्याब्बो च्याङ्बी !
    अमृत झल्क्यो संसारमाथि हेर ! ऊ ज्योति ! हिमाल जून !