घ्वनित पवनले छन् बाँस बाजा वनैया । थिरमिर खच चुच्चो चारु चल्छन् गवैया ॥ महलछ क्या हरा ! फूलदार । मृदुल हरित तन्ना, फूल-बुट्टा हजार ॥ (५)
खछिरबिर कति बुट्टा छन् कलाका छहारी । मधुरगति मरुत्ले डोल्छ पड्खा फिँजारी ॥
प्रकृत कृषि, सबैका दिव्य : भ्रातृत्वभाव ।
पशुहरु सुखमा क्या ! देखिने सुस्वभाव ॥ (६)
'शाहर पर हरामा रम्य यो तारतम्य । वन विजनपरीको सिर्जना झैं अचम्म ॥ रविकरकन छेकी पालुवाले हजारौँ ।
प्रकृति हृदय खोन्छे ध्यानका दृष्टिद्वारा ॥ (७) हरितवसनवाली पुष्पमाला धरेकी । जललव
टप
लाई,
वल्लरीमा
झरेकी ॥
अमृतकिरण प्यूँदी काखमा ली खरायो । छिरबिर वनमा के शान्तिको राज्य छायो ॥
(द)
प्रथम घर कलाको व्यासको पाठशाला । प्रथम बल यही हो आर्यहृदूको उज्याला ॥ कुसुमहरु यहाँ छन् वेदका पत्रतुल्य । सृजन प्रलयका छन् चित्र राम्रा अमूल्य ॥
(९)
गगनपथ यहाँ छन् आउने सत्प्रभात ।
यस वनतिर झर्छन् तारकाबाट भाव ॥ पवन पनि अनौठा चल्छ कानेखुसीले । प्रथम ध्वनि मिहीले भर्छ आत्मा खुशीले ॥ ०)