Jump to content

Page:Munamadan.pdf/24

From Nepali Proofreaders
Revision as of 13:22, 18 April 2025 by Rbn (talk | contribs)
This page has been proofread

नभएदेखि सङ्घारवारि हे नैनी ! नआऊ !'[✦ 1]


सिङ्डोङ्कारमाथि पहाडी चुच्चो आगो झैँ बल्दछ,
त्यो ताशीलिङ्गा फूलको बारी हावामा झुल्दछ,
तलाउ लुक्याङ् चम्कन्छ तल, आकाशतर्फको,
सुनले छाएको गुलाबी घर फोडाङमार्पोको,
चुङसुक्याङ् भन्ने सडक राम्रो, चूजिक्याङ् बगैँचा,
अस्कानी पुल युतोक स्यापा घाँसका गलैँचा,
फूलबुट्टे चउर घाँसका गलैँचा ।
चम्किलो सुनको रङ्गिलो देश नौलो र उज्यालो,
कस्तूरी-वास, सुनको रास, बाटो त उकालो,
आएर बसी के जानु चाँडै ? नबुझी नौलो चाल,
मित्यारी लाई मदन बसे घरको बिर्सी हाल,
छ मैह्ना गयो, सात मैह्ना गयो, मन भो झसङ्ग,
ती मुना प्यारी, आमा बेचारी मन भो झसङ्ग,
मनमा आए लहर जस्ता जलका तरङ्ग,
परेवा उड्यो शहर नाघी, जङ्घार तर्‍यो पार,
मनले उनको पखेटा हाल्यो उडेर गयो घर,


  1. ✦'बिराएँ हजूर, माफ रहोस् कसूर' नैनीले जोडी हात,
    भुङ्ग्राले जल्यो उसको गाला
    मानव-आत्मा पतनमा पनि
    निदाइरन्न लौ हेर ! चाला
    अन्तरले उसको के भोग्यो होला शरमको वज्रपात ।
    त्यो दिनपछि त्यो लागी भन्छन् कृष्णको भजनमा
    सुत्नेलाई त्यस्तै जगाउने शक्ति सतीको वचनमा,
    भाइ ! सतीको वचनमा,