Jump to content

Page:Bhanubhaktako ramayan.pdf/250

From Nepali Proofreaders
Revision as of 07:15, 14 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> पूजाको सरजाम् गरून् पति पूजा गर्छन् प्रभूको भनी । पूजामा खतडा कदापि नपरोस् कुनै कुराले पनी ॥ कस्तै अल्मलमा रहोस् घरमहाँ आया जगाया अलक् । जोगी जञ्गमले भन्या मुठ...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

पूजाको सरजाम् गरून् पति पूजा गर्छन् प्रभूको भनी ।
पूजामा खतडा कदापि नपरोस् कुनै कुराले पनी ॥
कस्तै अल्मलमा रहोस् घरमहाँ आया जगाया अलक् ।
जोगी जञ्गमले भन्या मुठी दिनू ढीलो नगर्नू पलक् ॥४॥

घर्सब् झारि बढारि नित्य त्यसले लिप्तै र पोत्तै रहोस् ।
चाकर् सब् थलिया गया कहीं, भन्या आफै तयारी रहोस् ॥
स्वामीका चरणविन्द युगको भक्तिले. पान गरून् ।
निर्मल् देह गराउनकन उ जल् केही शरीरमा छरून् ॥५॥

जो इच्छा पतिको छ त्यो बुझि उसै माफिक् सबै काम गरून् ।
जुन स्थान हो चिजको उही लगि उ चिज् राख्न्या स्वभाव् पो धरून् ॥
स्त्रीको खालि निघार् कदापी नरहोस् खाली निधार् भै जति ।
गर्छन् कर्म फलै हुँदैन तिनका टीको लगाया जती ॥६॥

तस्मात् नित्य टिका लगाई पहिले धन्ँधा पछाडी गरून् ।
पूजाको सरजाम् तयार् गरि सकी भान्छा विषे मन् धरून् ॥
भान्छाको सरजाम चाकर गरून् भाँडा सफाई गरी ।
खाना चीज भण्डारमा पसि झिकुन् आफै अगाडी सरी ॥७॥

रोगी बालक बृद्ध कोहि घरमा हुन्छन् तिन्को पनि ।
धत् जानीकन तम्तयार चिज गरून् खान्या छ यस्तो भनी ॥
यस्ता रीत् सित चीज् वनाइ बढिया सासू–ससूरा–पति ।
लाई ख्वाइ सकेर फेरि घरका खाउन् जहान् छन् जति ॥८॥

ख्वाई प्याइ सकेर सर्ब परिवार्ले खाइ सक्छन् जर्सै ।
चूल्हा चौकी लिपाइ जल्दि ति जुठा भाँडा मझाउन् तसै ॥
जो चीज बस्तु भन्डार देखि अघि जो झीकेर ल्याई थिइन् ।
सो संझेर तुरुन्त सोहि थलमा ती बस्तु राखी दिउन् ॥९॥

अल्सी दूर गरेर नारिहरुले थान्को र मान्को गरी ।
काम्धाम्मा परिवार लायर विचार् गर्दै रहुन् दिन् भरी ॥
धागा बत्ति समेत काति टपरी दूना बोहोता पनी ।
सिन्का साफ चिरेर राखुन् अनी चाहिन्छ काममा भनी ॥१०॥