Jump to content

Page:Bhanubhaktako ramayan.pdf/122

From Nepali Proofreaders
Revision as of 16:32, 13 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> यस्ता बात् हनुमानका सुनि तहाँ रावण् रिसायो अती । साँचा हुन् इ कुरा हुँदा कन त हो लिन्थ्यो कहाँ दुर्मती ॥ यो वानर् कन काटि टुक् गर भनी यस्तो हुकुम् पो दियो । हात्म...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

यस्ता बात् हनुमानका सुनि तहाँ रावण् रिसायो अती ।
साँचा हुन् इ कुरा हुँदा कन त हो लिन्थ्यो कहाँ दुर्मती ॥
यो वानर् कन काटि टुक् गर भनी यस्तो हुकुम् पो दियो ।
हात्मा बेस् हतियार् लिई अघि सर्यो जुन् विर् नजिक्मा थियो ॥१२०॥

यस् बिच्मा त विभीषणै अघि सरी हात् जोरि बिन्ती गर्या ।
दुत् हो यो महराज् कुरा पनि वहाँ लैजान्छ को यो मर्या ॥
चिह्नू केहि लगाइ छोड् दिनु हवस् जावस् र विस्तार् गरोस् ।
येसै वानरका कुरा सुनि यहाँ आउन् ति सङ्ग्राम परोस् ॥१२१॥

साँचो भन्यो भनि बुझी कपडा मगायो ।
तेल् घीउले मुछि पुछर् भरि बेर्न लायो ॥
हूकुम् दियो अब जलायर बाँधि लेऊ ।
सारा सहर् पनि घुमायर छाडि देऊ ॥१२२॥

जावस् ठुटो पुछर ली कन फर्कि वाहीं ।
पुच्छर् डढी न सकि छोडनु छैन काहीं ॥
यस्तो हुकुम् जब दियो तब बाँधि लीया ।
आगो पनी पुछर तीर लगाइ दीया ॥१२३॥

बाँध्याका हनुमान् लियेर खुसि भै भेरी अगाडी फुकी ।
लाग्या घुम्न सहर् ति राक्षसहरू चोर् हो भनी खुप् भुकी ॥
चुप् लागी हनुमान् पनी खुरु खुरू गम् हेरि हिंड्दै गया ।
ढोका पश्चिममा पुगी सहरको ताहीं ति साना भया ॥१२४॥

बन्धन् देखि त खुस्कि सूक्ष्म रुपले पर्वत् सरीका भया ।
ठूलो स्तम्भ उठाइ राक्षस अनेक् मार्या र कुद्दै गया ॥
बल्दो लामु पुछर् लियेर घर घर् कुद्दै सहर्मा डुली ।
पोल्या सब् सहरै छुटेन कहिं घर् बाँकी कतै एक् भुली ॥१२५॥