Jump to content

Page:Bhanubhaktako ramayan.pdf/87

From Nepali Proofreaders
Revision as of 16:13, 13 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> पायाँ मर्न म भाग्यको कति बखान् मेरो म ऐल्हे गरूँ । को पाऊँछ हजूरलाइ भगवान् मन्र्या बखत्मा अरू ॥ मेरो ता गति यै थियो मिलि गयो जान्छू परम्धाम् म ता । अङ्गद् माथि दय...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

पायाँ मर्न म भाग्यको कति बखान् मेरो म ऐल्हे गरूँ ।
को पाऊँछ हजूरलाइ भगवान् मन्र्या बखत्मा अरू ॥
मेरो ता गति यै थियो मिलि गयो जान्छू परम्धाम् म ता ।
अङ्गद् माथि दया रहोस् हजुरको हाजिर् छ सेवक् उ ता ॥५४॥

मेरा छाति महाँ छ बाण् हजुरको यो खैंचि छोई दिया ।
शीतल् देह हुने थियो सहजमा प्राण् आज जान्या थिया ॥
बालीका इ वचन् सुनी प्रभुजिले बाण् झीकि छूँदा भया ।
ठाकुर्का अघि देह छोडि खुसि भै बाली परम्धाम् गया ॥५५॥

बालीका सँगमा थिया जति तहाँ वानर् ति भागी गया ।
ताराजी सित गै वहाँ सब हवाल् विस्तार गर्दा भया ॥
राम्जीले लुकि बाण छोडि सहजै बाली त मारी दिया ।
सुग्रिव् मन्त्रि समेत् बहुत् खुशि भई राम्कै हजुर्मा थिया ॥५६॥

यो राज् अङ्गदलाइ बक्सनु हवस् ढोका सहर्को थुनी ।
बस्छौं जल्दि हुकुम् हवस् हजुरको क्या हुन्छ धेरै गुनी ॥
येती बिन्ति गर्या र वानरहरू जल्दी तयारी भया ।
हूकुम् माफिक काम गर्न भनि सब् वानर् खडा भै रह्या ॥५७॥

बालीको परलोक् भयो भनि खबर् सूनिन् र तारा रुँदै ।
हा नाथ् आज कता गयौ भनि बहुत् विह्वल् निरन्तर हुँदै ॥
क्या गर्छू अब पुत्र राज्य धनले भन्दै ति तारा जहाँ ।
बालीको परलोक् भयो उहि जगा सोधेर पौंचिन् तहाँ ॥५८॥

बालीका दुइ पाउ पक्रि बहुतै रूँदी विलाप् खुप् गरी ।
भन्छिन् श्रीरघुनाथलाइ रघुनाथ् फेर् बाण ऐल्हे धरी ॥
मारी देउ मलाइ जान्छु म पनी मेरा पतीका सँगै ।
खोज्छन् स्वर्ग विषे मलाइ पतिले काहाँ म बस्छू न गै ॥५९॥