Jump to content

Page:Bhanubhaktako ramayan.pdf/12

From Nepali Proofreaders
Revision as of 15:12, 13 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{c|॥ श्री गणेशाय नम:॥}} {[c|{{larger|'''श्रीबालकाण्ड'''}}}} {{start center block}} <poem> एक् दिन् नारद सत्यलोक् पुगि गया लोक्को गरूँ हित् भनी । ब्रह्मा ताहिं थिया पर्या चरणमा खूसी गराया पनी ॥ क्या सोध्छौ तिमि सोध भन...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
॥ श्री गणेशाय नम:॥

{[c|श्रीबालकाण्ड}}

एक् दिन् नारद सत्यलोक् पुगि गया लोक्को गरूँ हित् भनी ।
ब्रह्मा ताहिं थिया पर्या चरणमा खूसी गराया पनी ॥
क्या सोध्छौ तिमि सोध भन्छु म भनी मर्जी भयेथ्यो जसै ।
ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती गर्या यो तसै ॥१॥

हे ब्रह्मा जति हुन् शुभाशुभ सबै सूनी रह्याँछू कछू ।
बाँकी छैन तथापि सुन्न अहिले इच्छा म यो गर्दछू ॥
आऊला जब यो कली बखतमा प्राणी दुराचार् भई ।
गन्र्या छन् सब पाप् अनेक् तरहका निच्का मतीमा गई ॥२॥

साँचो बात गरैन कोहि अरुकै गर्नन् त निन्दा पनी ।
अर्काको धन खानलाइ अभिलाष् गर्नन् असल् हो भनी ॥
कोही जन् त परस्त्रिमा रत हुनन् कोही त हिंसा महाँ ।
देहैलाइ त आत्म जानि रहनन् नास्तिक् पशू झैं तहाँ ॥३॥

काम्का चाकर झैं भयेर रहनन् स्त्रीलाइ द्यौता सरी ।
मान्नन् पितृ र मातृलाई बुझि खुप् शत्रू सरीका गरी ॥
ब्राह्मण् भै कन वेद बेचि रहनन् कोही पढुन् ता पनी ।
धन् ठूलो छ पनी भन्या सहज धन् आर्जन् गरौंला भनी ॥४॥

जाती धर्म रह्वैन क्षत्रिहरुमा जो छन् इ नीचाहरू ।
शूद्रादी त तपस्वि होइ रहनन् ब्राह्मण् सरीका बरू ॥
स्त्री धेर् भ्रष्ट हुनन् पती र ससुराको द्रोह ठूलो गरी ।
यस्ता नष्ट कसोरि मुक्त त हुनन् संसारसागर् तरी ॥५॥