Jump to content

Page:Bhanubhaktako ramayan.pdf/15

From Nepali Proofreaders
Revision as of 15:12, 13 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> मार्छू निश्चय कार्तवीर्य भनि खुप् ठूलो इरादा गरी । पढ्थ्या श्रीशिव थ्यैं गया परशुराम् दिन् दिन् चरण्मा परी ॥ पढ्थिन् पार्वति राम्गीता तहिं सुनी पाठ् गर्न लागी...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

मार्छू निश्चय कार्तवीर्य भनि खुप् ठूलो इरादा गरी ।
पढ्थ्या श्रीशिव थ्यैं गया परशुराम् दिन् दिन् चरण्मा परी ॥
पढ्थिन् पार्वति राम्गीता तहिं सुनी पाठ् गर्न लागी गया ।
राम्गीता तहिं देखि पाठ् गरि लिया नारायणै ती भया ॥१८॥

मैह्ना दिन् यहि राम्गिता पढि लिया सब् ब्रह्महत्याहरू ।
छुट्छन् ता अरु छुट्तछन् सकल पाप् भन्न्या बखान् क्या गरू ॥
शालग्राम् तुलसी पिपल् कि त बडा संन्यासी थ्यैं जो गई ।
राम्गीता कन पाठ् गर्यो पनि भन्या ठूलो महात्मा भई ॥१९॥

जुन् फल् छन् मुखले भनी नसकिन्या सो फल् ति भोग् गर्दछन् ।
कोही श्राद्ध विषे पढुन् त तिनका पितृ़ सबै तर्दछन् ॥
पैल्हे खूप नियम् गरी दशमिमा एकादशीमा पनी ।
आसन् बाँधि अगस्ति वृक्ष मनि पाठ् गर्छू म गीता भनी ॥२०॥

राम्गीता उपवास् गरी कन बहुत् आदर् गरी पढ्छ जो ।
तेस्लाई त न भन्नु मानिस भनी रामै सरीको छ त्यो ॥
दान् ध्यान् तीर्थ कदापि केहि न गरी यै रामगीता पढी ।
बस्छन् जो ति अनन्तका पदविमा जान्छन् सहज् पार् तरी ॥२१॥

धेरै बात गरेर हुन्छ अब क्या रामायणै हो जबर् ।
पाप् हर्ना कन छैन केहि बुझियो येसै सरीको अबर् ॥
जो छन् तन्त्र पुराण् श्रुति स्मृति इ ता सोह्रै कलामा पनी ।
पुग्दैनन् त बखान् कहाँ तक गरूँ यो फरि ठूलो भनी ॥२२॥

जो रामायणको महात्म्य विधिले नारद्जिलाई कह्या ।
जुन् सूनी कन चित्तले बुझि लिंदा नारद् पनी खुस् भया ॥
पाठ् गर्छन् कि त सुन्दछन् यति भन्या यो येति सुन्दा पनि ।
जान्छन् सब् उहि विष्णुका पुरिमहाँ खुप् पूज्य सब्का बनी ॥२३॥