Jump to content

Page:Ek chihan.pdf/110

From Nepali Proofreaders
Revision as of 08:09, 10 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "गरिसकेपछि हर्षनारान र पुतली दुवैलाई अलि लज्जाभावले छोप्यो । दुवैले बोल्न सङ्कोच मानिरहे । हाँस्तो मुखमा दुवैले दुवैलाई पुलुक्क पुलुक्क हेरिरहने, परन्तु नबोल्ने भएर केही मिनेट द...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

गरिसकेपछि हर्षनारान र पुतली दुवैलाई अलि लज्जाभावले छोप्यो । दुवैले बोल्न सङ्कोच मानिरहे । हाँस्तो मुखमा दुवैले दुवैलाई पुलुक्क पुलुक्क हेरिरहने, परन्तु नबोल्ने भएर केही मिनेट दौडिसकेपछि लजाउँदै कोपिला मुस्कानमा हर्षनारानले भने- "बोल न पुतली ! के नबोली मलाई सम्मान गरिरहेकी ?"

मन्द मुस्कानको गम्भीर चेहराले हर्षनारानलाई पुलुक्क हेरिन् पुतलीले । "तिमीलाई कस्तो लाग्यो यहाँ पुतली । नमज्जा त लागेन ?" हर्षनारानले स्नेह भरेको आवाजमा सोधे ।

हर्षनारानतिर हेरेर लोलाएका आँखामा पुतली मुसुक्क हाँसिन् । हाँसेकी पुतलीको चिउँडो समातेर हर्षनारानले बत्ती निभाए ।