Jump to content

Page:Ek chihan.pdf/85

From Nepali Proofreaders
Revision as of 08:00, 10 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "उभिरहेको आकाशमाथि हिलेपानीको वृष्टि गराउन थाले । डाक्टर गोदत्तप्रसाद यताउति भाग्दै थिए । मस्त भएर नानीथकुं उनलाई हात समाएर तानी खेतमा खसाल्न पुगिन् । यो देखेर खेतालाहरू झन् मस्त...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

उभिरहेको आकाशमाथि हिलेपानीको वृष्टि गराउन थाले । डाक्टर गोदत्तप्रसाद यताउति भाग्दै थिए । मस्त भएर नानीथकुं उनलाई हात समाएर तानी खेतमा खसाल्न पुगिन् । यो देखेर खेतालाहरू झन् मस्त भएर हाँस्न थाले ।

नानीथकुंको यो काम रोपाइँको मस्तीमा मस्त भएर पनि शिवनारानलाई खट्कन थाल्यो । अनि नानीथकुंमाथि आँखा तरेर अलि रिसाएको भावमा शिवनारानले भने- "नानीथकुं ! यो बढ्ता भयो, धेरै वाहियाती नबन ।"

डाक्टर गोदत्तप्रसाद रोपाइँ राम्रै सिद्ध्याएर मात्र घर फर्के । उनी फर्कंदा खेतालाहरूले बडो सत्कारसाथ अभिवादन गरेका थिए । नानीथकुंका अरू दाजुहरूले पनि डाक्टरलाई सत्कारसाथ अभिवादन गरे । त्यस दिन शिवनारान पनि उनलाई अभिवादन नगरिरहन सकेनन् ।