This page has not been proofread
९
बिसायौं भन्दैछन् सकल, तर विश्रान्ति तनको
थियो खाली घुम्थ्यो डबल गतिले चक्र मनको।
कठै त्यस्ले गर्दा निमिषभरमा ती जुरुजुरु
उठी चल्थे, लाग्थे सब दश दिशामा लुरुलुरु।।
१०
कुनै बाङ्गो पारी शिर, कमर बाङ्गो गरि कुनै
कुनै खुट्टा बाङ्गो गरि, नजर बाङ्गो गरि कुनै।
उठी बाटो लागे, अरु पथिक आये फिर बसे
नउठ्दै ती अर्कै झटपट पुगे आसन कसे।।
११
रही एवंरीत्या अटल उस चौकीबिच खडा
सबै याताऽऽयातक्रमविषयको दीर्घ रगडा।
जती हेर्दै जान्थें पथिकजनको आखिर उति
मलाई झल्कन्थ्यो उस मनुजताको अवनति।।