Jump to content

Page:Tarun tapasi.pdf/80

From Nepali Proofreaders
Revision as of 20:40, 9 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|३३}} कडा गोला गोली हरकिसिमको बाफ, बिजुली ::बनी मैला पैसा मनुजभर पारी खलबली। उडेका छन्, बाठा मनुजहरु देख्छन् झिलिमिली ::सडेका छन् लाटा जन सब शुकी जीवनकलि।। {{pcn|३४}} क...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

३३
कडा गोला गोली हरकिसिमको बाफ, बिजुली
बनी मैला पैसा मनुजभर पारी खलबली।
उडेका छन्, बाठा मनुजहरु देख्छन् झिलिमिली
सडेका छन् लाटा जन सब शुकी जीवनकलि।।

३४
कठै बाठोटाठो अमर प्रतिभाको निधि सरी
चमत्कारी प्रज्ञाप्रबल नरको जाति यसरी।
नडूबे पैसाको मलिन ममतारूप विषमा
चिरञ्जीवी बन्थ्यो, अभयपद लिन्थ्यो निमिषमा।।

३५
क्षमा, लज्जा, मैत्री प्रभृति गुणको आसन कसी
उसैमाथी आफू अति भडकिलो भैकन बसी।
जगत्मा पैसाले हरतरहका दुर्गुण जति
नचायेको देख्दा हृदय सब भो घायल अति।।

३६
क्रमसित सब यस्तो तुच्छ पैसाप्रधान
मनुजचरितलाई दुःखको नै निधान।
कहिकन तपसीले नेत्र चिम्ले तुरुन्त
हृदयबिच उदायो दिव्य अर्कै वसन्त।।