Jump to content

Page:Ritubichar.pdf/54

From Nepali Proofreaders
Revision as of 10:00, 9 April 2025 by Rbn (talk | contribs)
This page has not been proofread
अथ
हेमन्त-विचार


गर्दागर्दै खुशीसाथ शरत्सौन्दर्यवर्णन।
हेमन्तले खिचीहाल्यो कविको लेखनीकन।।


भारी बोकेर जाडाको टाढाको बटुवासरी।
हिमदन्तुर हेमन्त आयो मैलोपना धरी।।


मैलो दुर्गुणको थैलो त्यो हेमन्त भयङ्कर।
देखेर डरले भागी शरद्बाला दिगन्तर।।


हेमन्त डाकिनीतुल्य लोक ठाडै कठ्याउँछ।
झल्कने हिमदाह्राले जो जो पायो अँठ्याउँछ।।


घसी भस्म तुषाराको कुइराको लटा धरी।
धुम्मियेको छ हेमन्त अवधूतैबराबरी।।


अँठ्याउने हिमै चिम्टा मौकामा छन्छनाउँछ।
जहाँ पनी धुवाँधार धुनी घोर जगाउँछ।।