This page has not been proofread
खलामा धानको दाइँ गर्न थाले धमाधम। दुःखीको पसिनापूर्णफल्यो सारा परिश्रम।। ९७ त्यो बेला ती दयेंराको आनन्दी रङ्ग देखदा। चित्तले दङ्ग भै भन्छ यैं हेमन्त रहोस् सदा।। ९८ मिहेमा धानको झुप्पा, घुम्दछन् गोरु धानमा। दयेंरा धान वैरन्छन् मस्त छन् सब धानमा।। ९९ म भन्थें हिममा राम्रा बुट्टा भै भर्दछु भनी। भित्र देखें महाबुट्टा बन्द भो टक्क लेखनी।। १०० प्रथम ऋतु नराम्रै हुन्छ हेमन्त खास अझ उस ऋतुमाथी यो छ काव्योपहास। अवगुण सब छानी गर्नुहोस् दृष्टिपात भनि सबसँग बिन्ती गर्छ यो लेखनाथ।। १०१ ⬥इति हेमन्त-विचार ⬥