This page has not been proofread
माली
बिनी बिती बीउ बारी सजाउँछु
दिलको सलिल छरेर भिजाउँछु
बिरुगा बहुत बढाई,
जीवनभित्र सुगन्ध भिजाउँछु
कलिला फूल फुलाई
उमङ्गहरूमा म वसन्त फुलाउँछु
नव मलयपवन बहाई ।
उजाड भर्दछु रङ्ग बैभवले,
पल्लव कलिले सौरभ नबले
कल्पनाको बाग;
भावनाका मसिना रवले
भर्दछु मीठो राग
सज्दछु अनुभव-रजनी-लवले
गर्दछु आह्लाद-पराग ।
काँढामाथि सिहरी चल्छन्
आँसुहरूका रसले फुल्छन्
दिव्य हाँसी कविता-फूल,