Jump to content

Page:Bhikari.pdf/17

From Nepali Proofreaders
Revision as of 18:32, 26 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{larger|'''सन्ध्या'''}} <poem> ललित चढ्यो अब लाली । अस्ताचलतिर सन्ध्या ओर्लिन्‌ हलुका पयर उचाली, रजत दिवाकर उनका करमा बने सुनौला थाली । स्वर्गपुरीको सुन्दर द्वार दिव्य कलाको चित्राकार, सुस्त...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

सन्ध्या

ललित चढ्यो अब लाली ।
अस्ताचलतिर सन्ध्या ओर्लिन्‌
हलुका पयर उचाली,
रजत दिवाकर उनका करमा

बने सुनौला थाली ।

स्वर्गपुरीको सुन्दर द्वार
दिव्य कलाको चित्राकार,

सुस्त खुलीकन साँझ-परी अन
ओर्लिन्‌ अमिता उज्याली ।
वदन गुलाबी, सुनको रोगन,

बादल-चादर फैलाईकन,
छोई पदले छवि-सोपान;

पृथिवीउपर नजर लगाई,
गर्छिन्‌ मोहन मृदु मुस्कान

अहा ! चराका गदगद तान

अहा ! प्रभाले पागल दिनको
पश्चिमतर्फ उडान !