Jump to content

Page:Laxmi nibandhasangraha.pdf/51

From Nepali Proofreaders
Revision as of 18:28, 26 January 2025 by Rbn (talk | contribs) (Not proofread)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

'शिशु फूल"[1] फुल्थे । मैले ती खाना खाएँ, जो पीरहरूले फूलको कचौरामा ल्याउँथे । के उषाका दरबारहरू दिउँसै बनाएर तिमीले हेरेका छैनौ ? मेरा छिनाहरू मैले रूखका जरामा राखेथेँ; चराहरू फुलाउन ! नसुनेका

गानाहरू र नखाएका खानाहरू कहाँ खँदिला हुन्छन्‌ ? मेरो मट्टीमा

कहाँबाट किरण पस्यो / विशाल झल्किरहेका शिखरहरू तिमीले देखेका छौँ ? म अपूर्णतामा पूर्णता कसरी बोल्छ भन्दै विशालको मुटुमा स्पन्दन सुन्दछु- मभित्र फुलेको फूलको कोपिला सुँघ्दै दुनियाँ सभ्यताको दावा गर्दछ । मेरा अस्फुट भावनाहरूमा यसका अदृष्ट निर्भर छन्‌ । मेरो विश्वासमा दुनियाँले भारसाम्य पाएर अनन्ततामा जीवनता विस्तार पाउन आशा राख्तछ । मेरा मानव-कल्पनाहरूले यस शिशुलाई पोसिरहेछन्‌ । म भित्रबाट शून्य हुनुमा परमेश्वरको गादी यर्कन्छ । मेरो

सौन्दर्यचेतमा कल्प सृष्टि भए; मेरा सत्य चेतमा वेदहरू कमलमा फुले । मभित्र अतीतको कम्पन छ वर्तमानको स्पन्दन र मेरो हतपतमा भविष्यको चित्रण छ । मलाई ज्योतिषीका पूर्वदर्शिताका शक्तिहरू दिएका

छन्‌ । म विरोधमा स्पन्दन पाएर तेस्रो तत्त्वमा साम्य लिन्छु! मर विश्बबीचमा हुने सहानुभूतिको स्‌क्ष्मता देवताहरू स्वगंको कल्पद्वुममनि बसेर पढिरहेछन्‌ ! म नीतिको चन्द्र-सूर्य अडघाउँछ र मेरा भावनाहरूलाई

अनुवादद्वारा परमेश्वरका संसृताका इच्छाका लहराका शब्दहरूले

अदलवदल गरिरहेछन्‌ । मलाई हृदयमा विश्व भत्काउने शक्ति दिइएको

छ ! र तैपनि मलाई दुनियाँ बुझ्दैन । दुनियाँका धेरै सृक्ष्म कलाहरू अझ

मेरो गर्भमै छन्‌ ! भाव, विश्वास, कल्पना, श्रद्धाका क्षेत्रमा तिनीहरू

अग्राह्य रूपमा विचरण गरिरहेछन्‌ । म दुनियाँको भण्डार हुँ र मबाट

बजारमा नचिनिने जुहारहरू झल्कँदै बर्सिरहेछन्‌ । म कहिले तिनलाई

आँसु भन्छु, कहिले कविता, कहिले परमेश्वरका सूचनाहरू । तर दुनियाँले

मलाई खोस्टो देख्तछ, दुईहाते, दुईखुट्टे, दुईआँखे बिकम्मा माटाको खल्लो

मूर्ति-जससँग लडाइँ-भिडाइँ गर्नु र स्पर्धा राख्नु उसको दैनिक जीवन

हो र कसैले त्यहाँ हेप्यो- जहाँ म स्वर्ग र नरक सिर्जना गर्दछु ? त्यहाँ जहाँ समयका लहरहरूका चपतमा मेरो गहिराइ जीवन हो, अभिप्राय शब्द निक्लने अन्त:करणका ध्वनिहरू क्षण-क्षणका बाजामा बज्दै १.

  1. मेरो एक गाइने गीतको शीर्षक ।