This page has not been proofread
(गीत)
वैशाखको पूर्णिमा
हेर हो हिमाल जून !
रातको कालो वर्णमा
अमृतको यो थालीले
झलमल पार्ने कुन ?
स्याब्बो च्याङ्बा । स्याब्बो च्याङ्बी !
संसार मथ्दा जूनको नौनी स्वर्ग तर छ, सुखको दिन !
तारा-झुप्पे यो रुखमनि
कसले लायो धून ?
चूलीमा पुग्यो बाटो गुनी
आँधी नाची, पर्वत नाघी,
संसारलाई लाउन गुन ?
स्याब्बो च्याङ्बा ! स्याब्बो च्याङ्बी !
आफूलाई जित्ने संसार जित्छ निर्वाणभन्दा कीर्ति कुन ?
आकाश उनको छाती हो
करुणा धारा सुन
तारा आँखा राती हो,
माटी-जरामा बन्चरो दी
काललाई जित्ने कुन ?
स्याब्बो च्याङ्बा ! स्याब्बो च्याङ्बी !
अमृत झल्क्यो संसारमाथि हेर ! ऊ ज्योति ! हिमाल जून !
•