Jump to content

Page:Munamadan.pdf/24

From Nepali Proofreaders
Revision as of 19:53, 7 March 2025 by Rbn (talk | contribs)
This page has not been proofread

नभएदेखि सङ्घारवारि हे नैनी ! नआऊ !'[✦ 1]

सिङ्डोङ्कारमाथि पहाडी चुच्चो आगो झैँ बल्दछ,
त्यो ताशीलिङ्गा फूलको बारी हावामा झुल्दछ ।
तलाउ लुक्याङ् चम्कन्छ तल, आकाशतर्फको,
सुनले छाएको गुलाबी घर फोडाङमार्पोको
चुङसुक्याङ् भन्ने सडक राम्रो, चूजिक्याङ् बगैँचा,
अस्कानी पुल यूतोक स्याँपा घाँसका गलैँचा,
फूलबुट्टे चउर घाँसका बगैँचा ।
चम्किलो सुनको रङ्गिलो देश नौलो र उज्यालो,
कस्तूरी-वास, सुनको रास, बाटो त उकालो,
आएर बसी के जानु चाँडै नबुझी नौलो चाल,
मित्यारी लाई मदन बसे घरको बिर्सी हाल ।
छ मैना गयो, सात मैना गयो मन भो झसङ्ग
ती मुना प्यारी, आमा बेचारी मन भो झसङ्ग
मनमा आए लहर नाघी जङ्घार तर्‍यो पार,
मनले उनको पखेटा हाल्यो उडेर गयो घर ।


  1. ✦'बिराएँ हजूर, माफ रहोस् कसूर' नैजीले जोडी हात,
    भुङ्ग्राले जल्यो उसको गाला
    मानव-आत्मा पतनमा पनि
    निदाइरहन्न लौ हेर ! चाला
    अन्तरले उसको के भोग्यो होला शरमको बज्रपात ।
    त्यो दिनपछि त्यो लागी भन्छन् कृष्णको भजनमा
    सुतनेलाई त्यस्तै जगाउने शक्ति सतको वचनमा,
    भाइ ! सतीको वचनमा !