स्नोको हिउँ बुट्टा- सेता कोठीका रमाइला स्वरुपमा लागेका देखिन्थे । भौं छाट्नुपन्थ्र्यो । नेपाली बाबुसाहेबका देखासिकीमा लिपस्टिक दल्ने आदत लिएका थिए । रामकान्तको चर्तिकला भनेपछि डिल्लीबजारमा मशूहर छाँट थियो । बाटुकल्ली पपलिन ग्रीष्ममा, भेला हिउँदमा- अथवा कश्मीर ! मान्छे च्याण्टे ! कालो कोटकश्मीराको या जमोठको आङमा नचढाई, निख्खर कालो बलि चाहने महाकाली झैँ उनी प्रसन्न रहन सक्तैनथे । आँखा कमजोर नभए पनि उनी चक्षुविषेज्ञकहाँ पुगेका थिए ।
“के हुन्छ बाबु ?”
“के के किरकिर लागिरहन्छ । धमिलो दृष्टि छ ।”
“ह्या ! बाहुन म त ! के भन्या ?”
“हँ ? …… कलकत्ता जानुभा छैन ? पहेंलो त नजरको औषधि, त्यसको, बुझ्नु भएन ?”
“होला तर हांले खानु कसरी नि ? …… भान्सां उकाल्छन् र ?”
“व्यक्तित्व चाहिन्छ ….. त्यति लुकाएर खान नजाने के काम गर्नुहुन्छ त दुनियाँमा ?” ……
“फेला पर्योभने ? मारेन ?”
“के गर्छ त ? …….. प्रायश्चित्त छ नि ……… चश्मा लाउने ?”
“तब के गर्नु त ?”
“शून्य पावरको लिनोस् न त । के ? ……… ल यो फस्ट किलासको क्रुक्स । असी रुपियाँ ।”
उनको चौचश्मी व्यक्तित्व बाराटमा ठम्ठमाउँथ्यो या पांग्रामा बग्थ्यो । अलकत्राको माग गरेर- जसको अभावले उनी नेपाललाई गाली गर्थे …… सिंहदरबारको सडक रे- छीः छीः छीः कति खडखडा ……. नदीको ढुंगा छुसमुसेले पेल्या हेरन । हामी बाग्मतीको बाटो हिंड्छौं नि बरु । ईश्वरले बना, छैनन् बाटो र ? जलले पेल्छ बरु ए ! उखु पेलेझैँ सडक पेलेर हुन्छ ? हर्निया हुन्छ रे ? किन हुँदैन त नौजवान साइक्लिस्ट्लाई ? कति गरीब सरकार । ….
“त्यत्रो सिंहदरबार बन्य के काम लाग्यो ल ? गडी ओल्र्या