Jump to content

Page:Champa.pdf/15

From Nepali Proofreaders
Revision as of 23:24, 6 March 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "नाइँ बा ! मलाई अहिले बिहे गर्न के को चासो ? हामी गर्दैनौँ रे, पढ्छौँ रे । नाच, गान सिक्छौँ रे । हामीलाई मन परे सिनेमामा शान्ता आप्टे, देविका रानी जस्तो बन्छौँ रे । कसैको कर लाग्छ ? वाह ! ना...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

नाइँ बा ! मलाई अहिले बिहे गर्न के को चासो ? हामी गर्दैनौँ रे, पढ्छौँ रे । नाच, गान सिक्छौँ रे । हामीलाई मन परे सिनेमामा शान्ता आप्टे, देविका रानी जस्तो बन्छौँ रे । कसैको कर लाग्छ ? वाह ! नाइँ बा, म त बिहे नगर्ने । त्यो पोइ कस्तो छ, कस्तो ! न मधिसे जस्तो छ ! साँच्ची अस्ति राजाको छोरी दिया कस्तो कलच्वाँठ थियो छिः ……. दुरुस्त देहाती मधिसे ……. कत्रो जुँघा …….. ? पूरा खान पनि घीन लाग्ला जस्तो । कसैको गाला खबटे हुन्छ, मुख चुस्स पर्‍या । हामी बाँदरसँग बिहा गर्छम् थोरै ? …. हामी ठूलो हुने, छात्रे आफ्नै आँखाले, अनि बिहा गर्ने बा !

यस्ता अनेक तरङ्ग चम्पाका मनमा दुगुर्न लागे । पोइ भन्या के होला ? ……. साँच्ची ? हाम्री कुमाको पोइ बुबारे ! ……… तँ यसको भनेर लाइदिया होला अब । एउटा कोठामा सुतेर एउटै थालमा भात खान लगाइदिएको होला अब । तर अस्ति कान्छीको पोइले कसरी पिटेको बाबै, खुकुरीको दापै दापले । छिः कस्तो चाँडल मोरो । म भए त नबस्ने बा ! यस्ता मोराको घरमा । लोग्ने मान्छे किन त्यति बलियो भा होला ? उसको हत्केला हातको पञ्जा नै कत्रो ? हकि ! एक चटकन दियो भने रिसा वेलामा । ओहो नाइँ बा । हामी ता अहिले बिहा गर्दैनौँ ……. हामीलाई केको कर ? यसरी चम्पा त्यस रातको आधा भागसम्म चिन्तित रहिन् जस्तो ज्यानमारा फाँसीको दिनको अघिल्लो रातमा, जस्तो हरुवा हार्ने अघिल्लो दिन । वैयक्तिक चिन्ता पर्दापछाडि रहन्छ, हामी देख्दैनौँ । प्रकाश नभए, मुखमा देखिए मात्र जाहेर हुन्छ । तर आफू, आफ्नो बाँकी जिन्दगानीको राह भन्ने विषय पर्नासाथ मानव मनमा महती समस्या खडा भएर क्रान्तियुगमा प्रजातन्त्रमन्त्रीको द्वार घचघच्याउने शुभचिन्तकहरुझैँ घचघच्याउन थाल्दछन् ।

घडीले दुवै हात जोर्‍यो विधातासँग पानी वर्षाउने परमेश्वरको शिरोबिन्दु पदमा । चम्पा थाकेर लोलाउँदै निदाइन् । त्यस रात उनी झस्किन् र कराइन्, धाई आमाले मात्र सुनिन् रे ।