Jump to content

Page:Sunko bihani.pdf/53

From Nepali Proofreaders
Revision as of 21:40, 6 March 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{c|{{x-larger|'''झाँगघर'''}}}} {{center block| <poem> {{pcn|(१)}} घर एक बनाउँ मिली सबले ::जग होस् पृथिवी तर स्वर्ग फुले– सरि होस् दिल-फूल खुशी रहने ::लहराहरु तुल्य विचार हुने ॥ {{pcn|(२)}} लहराहरुको घर एक नयाँ ::यसमा छ अहो अरु...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
झाँगघर

(१)
घर एक बनाउँ मिली सबले
जग होस् पृथिवी तर स्वर्ग फुले–
सरि होस् दिल-फूल खुशी रहने
लहराहरु तुल्य विचार हुने ॥

(२)
लहराहरुको घर एक नयाँ
यसमा छ अहो अरु नै दुनियाँ ।
जिउको पिंजरा छ त्यहाँ मुनियाँ ।
कति बोल्छ मिठोसँग बात नयाँ ॥

(३)
कति झयालहरू यस झांगभरी
झलमल्ल हवा सुखका लहरी ।
सबभित्र पसाउन हर्र गरी
सब शीतल झल्लर आँखिसरि ॥