Jump to content

Page:Sunko bihani.pdf/32

From Nepali Proofreaders
Revision as of 19:53, 6 March 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{center block| <poem> {{pcn|(५ )}} "छ कस्तो त्यो रंगी चहकहरूले झल्ल दुनियाँ" ? पखेटा पाइन्छन् रँगबिरँगका सुन्दर त्यहाँ ।" "कहाँ जन्म्यौ नानी ?" प्रभु हृदयका बालसपना । बनी जन्म्यौं हामी झलमल सबेरै उदयमा ॥ {...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(५ )
"छ कस्तो त्यो रंगी चहकहरूले झल्ल दुनियाँ" ?
पखेटा पाइन्छन् रँगबिरँगका सुन्दर त्यहाँ ।"
"कहाँ जन्म्यौ नानी ?" प्रभु हृदयका बालसपना ।
बनी जन्म्यौं हामी झलमल सबेरै उदयमा ॥

(६ )
"नबोल्ने पंछी भै रँगबिरँगले नाच्नु फरर ?"
कुरा गर्दै मीठा हृदयसँग वर्ली तलतिर ।
भनी आज्ञा मिल्दा हृदय सब खोली फररर ।
सधैं हाँस्छौं लाईकन प्रभु टुना यो जगभर ॥

(७ )
हजारौं भाषाका तहतह बनेको हृदय छ ।
जगत्को मायाले झलल गहनातुल्य जल छ ॥
बनाए माटैले तर हृदय क्या स्वर्ग-रस छ ।
पसी साना राम्रा मगमग मिहीं भाव खुप छ ॥

(८ )
उज्यालो पारौं यो जगत, रँग राम्रा कति थपी ।
बहाई बास्ना नै हरहर हवामा सुख जपी ॥
खुशाई साराको दिल, दुख हटाई दिनभर ।
टुना भन्छौं हामी प्रभुतिर खिंची बाल नजर ॥