Jump to content

Page:Sunko bihani.pdf/31

From Nepali Proofreaders
Revision as of 19:50, 6 March 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{c|{{x-larger|'''फूल-परी'''}}}} {{center block| <poem> {{pcn|(१ )}} बगैंचामा मेरा रङबिरङका छन् कति परी कलीला क्या राम्रा मुसुमुसु हुने बोल्दछ सरि । सिंगारेका छाँटी मगमग छिटो अत्तर मिही लगाएका सारी नरम रँगिला रेशमसर...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
फूल-परी

(१ )
बगैंचामा मेरा रङबिरङका छन् कति परी
कलीला क्या राम्रा मुसुमुसु हुने बोल्दछ सरि ।
सिंगारेका छाँटी मगमग छिटो अत्तर मिही
लगाएका सारी नरम रँगिला रेशमसरि ॥

(२ )
हरीया खोपीमा टहल छ हवाको हरहर
सधैं नाच्ने झुल्ने चलमल हुने नै छ रहर ।
लगाई हीराको टप झलल हाँसी मुसुमुसु
इशाराले डाकी मसँग सब गर्छन् खुसुखुसु ॥

(३ )
चरा पंखी राम्रा नरम रङ पत्ती फरहर
उडूँ झैं बस्छन् ती वरपर हररर ।
कलीला यस्ताछन् कि त छुन पनी लाग्दछ डर
फुका छाती बोल्छन् मसँग परबाटै सब तर ॥

(४ )
"कहाँदेखिन् आयौ भनन सुकुमारी वनपरी ?"
भनी सोद्धा भन्छन् मुसुमुसुबनी लज्जितसरि ।
"जहाँ झुल्छन् रंगी नरम कलिला बादलभरी ।"
जहाँ फुल्छन् ऊँचा धनु रंग मिसेका बहु थरी ॥