कवि-हृदय रसीली ज्योति जस्ती सजीव ।
अरुण सुमन-गाला वल्लरी लोल चाला ॥
मदनकि बहिनी झैं, ती उषाकी सँगी छन् ।
अविदित महिमा झैं स्वप्न यात्राहरूकी ॥
(५५)
अवनितिर झरेकी1 टुनको' भैज्योम जोति । नन
पयर 4 छ ॥
मधुर महर गिर्न् चारु मोती ।
तिनि चारु सङ्डोचकी ती॥
(५६)
अलि परतिर सर्ने मर्द देखेर सामु ।
प्रकृत शरमवाली कोपिला झैं खुला छन् ॥
रँग चढ्दी कोपिला झैं सुगन्ध ।
सुखसँग उर फुक्ने भै बडो लाजवाली ॥
(५७)
डर छ भ्रमर बस्ला चट्ट काहीँ भनेर ।
छिन घिन मद गाला छोप्दछिन् ती नुहेर ॥
शिर रससित कान यौटा उचाली ।
छिन छिन अलि छोपी छैन झैं भान पारी ॥
(५८)
अलिकति पर सर्द्री फेरि झस्केर छर्दी ।
अलक अनि 'कहाँ गो' झै न चट्ट हेर्दी ॥
मृदुल सरस लच्कासाथ रम्भोरु घुम्थिन् ।
नयन भ्रमर छल्दी स्वप्न झैं दिव्य बन्थिन् ॥
(५९)
जलभृत घट बस्दा लच्किएका कटी ती ।
छचल जल छचल्की झल्किएकी छचल्का ॥
तरुण रस ककल् कल् फूलका बोट पोषी ।
हृदयज-जल जस्ता भावना छाल पोखी ॥
विपिन कुसुम-पोस्ने देवकन्यासमान ।
उपवनकन दिन्धिन् स्वर्गको चारु भान ॥
(६०)
Page:Shakuntala.pdf/150
Appearance
This page has not been proofread
