Jump to content

Page:Shakuntala.pdf/115

From Nepali Proofreaders
This page has not been proofread

सिएर पात ओढने भए बनी गुटुमुद यो
समस्त विश्व रन्कियो नशा तनक्क ॥
वनै घनक्क घन्कियो कपाल आज सन्कियो ।
म जान्नँ जान्नँ भो प्रभो ! म जान्नँ खान्नेँ है हवा ॥
छ लड्डु मोतिचूरको सिवाय और के दवा !”
भनी लङ लडूँ गरी विचित्र विकृता$नन ॥
"यकाइले मरेँ” भनी हँसाउँदा भए वन ।
(३२)

घरेर हात कानमा लि हन्‌ आउ लौ ।”
भनेर तान्दछन्‌ वितीरा मनराउँदा कु ॥
“यहाँ छ सात हातको गजेन्द्र मेघ ।
लुला र मिले छ ओर्लिने चपाउन ॥”
भनेर हाँस्न हन्‌ सँगी हँसाउँदोकन ।
थर काँप्दछन्‌ सँगी झिकेर स्वाँग गन्थन ॥
(३३)

«अहो ! म जान्ने जान्नँ नि करालदेष्ट्र आउला ।
म तीन हातको बुजो मकै भनी चपाउला ॥
कपालकाँशकी प्रिया धुरू घुरू रुवाउला ।
ठिटा ठिटीहरू हरे ! मबाद को खुलाउला ॥
मरुन्छु पेटमा पसी झिकेर को बचाउला ?”
भनेर आँस्‌ नक्कली निकाल पक लाउँदा ॥
भए विनोद, हास्यका सँगी त्यहाँ ।
(३४)

सुचारु वन्य मार्गका दुवै किनार फुल्दछन्‌।
विहङ्ग रङ्ग रङ्गकान काँग्र मस्त झुल्दछन्‌ ॥
अनड्गवाण(काया? गका अनेक ढङ्ग फुन्दछन्‌ ।
सँगी लिई ती प्रसन्नचित्त चल्दछन्‌ ॥
(३५)

सुकाइँदा उ देखिए अनेक चारु वल्कल ।
हरा प्रशाख वुशमा भिजेर ०००७ ०७ ॥
टपक्क रत्न गुडेर झल्मलाउँछन्‌ ।
विभिन्न र फुटी जुहार झैँ सुहाउँछन्‌ ॥
कतै छ खोल बाहुको कतै छ कोट वक्षको ।
लता लिएर बाँधिने विभक्त पार्श्व पक्षको ॥
(३६)