“अडा" भनेर कीर्तिमान् यताउती निहार्दछन् ।
खुला जमीन पाउँदा घुमेर दृष्टि झार्दछन् ॥
लगाम खिँच्छ सारथि प्रवेग अश्व अड्दछन् ।
अधीर चाल टापले अगाडि सुस्त बढ्दछन् ॥
लगाम चट्ट खैँचिँदा उठेर वक्र ती शिर ।
सफेद दाँत बाउँछन् पछाडि याल फर्किँदा ॥
अगाडि टाप वेगका उठूँ भनी उचालिँदा ।
पछाडिबाट रोकिँदा र चाल अल्मलाउँदा ॥
(५)
नजीक भट्ट देखियो सशङ्ग मिर्ग सुन्दर ।
सुस्निग्ध चाल रोमको टलक्क बान्किलो खुर ॥
सुचारु वन्य बाल त्यो हरा मिलेर मन्दिर ।
टिपी मुना रमाउँदो मिठासदार फीँजले ॥
सजीव अङ्ग सर्सरे झसङ्ग बन्छ त्रासले ।
सुनेर मेघ घर्घरेसमान यानको स्वर ॥
पुलुक्क हेर्छ व्योममा, फरक्क घुम्छ पुच्छर ।
सभीति पार्शवदृष्टिले चटक्क अड्छ चर्बण ॥
उचाल्छ कान दीर्घ ती फरक्क फर्किईकन ।
चपाउँदै गरी गरी मुनाहरू बराबर ॥
सत्रास फेरि फर्कदो, भुलेर दाँत सत्वर ।
अडेर पार्श्व दृष्टिले चिहाउँदो त्यतातिर ॥
खिँचेर ज्या चढाउँदा सुसूक्ष्म ताकको शार ।
बुझेर तर्सिई झन्यो फरक्क त्यो तलैतिर ॥
(६)
“सवेग हाँक्” भनी त्यहाँ पछाडि दृष्टि जो दिने ।
लिएर वाण हातमा अनङ्गमूर्ति झैं बने॥
चढेर पुष्पमाल्यको सिँगारदार त्यो रथ ।
सुचारु कामिनी कुनै विदीर्ण पार्न बाणले ॥
सवेग अश्व कामका चढेर पुष्पमार्गले। .
सुचारु हैम यानमा विचार्न बैंसको पथ ॥
(७)
Page:Shakuntala.pdf/108
Appearance
This page has not been proofread
