This page has not been proofread
गगननीरमा एक सूर्य झैं ।
सहज गर्दथे धूप शासन ॥
चन्द्रमा बने, तारका बने ।
नृप अरू उनीसामु धूसर ॥
तमविषे छटा छाउँथे अझ ।
उडु निभाउँथे ज्योतिले यिनी ॥
(१०)
विपुलवक्षका वीर बान्किला ।
तिलकदार छन् पुष्टभाल यी॥
मुख छ तेजिला ओजदार छन् ।
सब प्रतापका दिव्यसार छन् ॥
(११)
जलधिको तिनीमा गभीरता ।
विमलभावका वीचिका छिना॥
गुण बनाउँदै रत्न कुँदछन् ।
जति छ वर्षिंदो दानको घडा ॥
उत्ति धर्मका राह कुदछन् ।
गजब ! ती भने नित्य उत्ति छन् ॥
(१२)
विष्णुरूपका युग्म बाहुली ।
राज गर्दछन् भूप भूमिमा ॥
बाहुली दुवै स्वर्गमा पनि ।
राज गर्दछन् देवताकन ॥
(१३)
शिखरबीच छन् वीर शङ्कर ।
तारकाविषे छन् दिवाकर ॥
क्रातु समस्तका यी वसन्त छन् ।
कुसुमकीर्तिका रँग अनन्त छन् ॥
(१४)