Jump to content

Page:Shakuntala.pdf/16

From Nepali Proofreaders
Revision as of 22:53, 16 February 2025 by Rbn (talk | contribs)
This page has not been proofread

घ्वनित पवनले छन्‌ बाँस बाजा वनैया ।
थिरमिर खच चुच्चो चारु चल्छन्‌ गवैया ॥
महलछ क्या हरा ! फूलदार ।
मृदुल हरित तन्ना, फूल-बुट्टा हजार ॥
(५)

खछिरबिर कति बुट्टा छन्‌ कलाका छहारी ।
मधुरगति मरुत्‌ले डोल्छ पड्खा फिँजारी ॥
प्रकृत कृषि, सबैका दिव्य : भ्रातृत्वभाव ।
पशुहरु सुखमा क्या ! देखिने सुस्वभाव ॥
(६)

'शाहर पर हरामा रम्य यो तारतम्य ।
वन विजनपरीको सिर्जना झैं अचम्म ॥
रविकरकन छेकी पालुवाले हजारौँ ।
प्रकृति हृदय खोन्छे ध्यानका दृष्टिद्वारा ॥
(७)

हरितवसनवाली पुष्पमाला धरेकी ।
जललव टप लाई, वल्लरीमा झरेकी ॥
अमृतकिरण प्यूँदी काखमा ली खरायो ।
छिरबिर वनमा के शान्तिको राज्य छायो ॥
(८)

प्रथम घर कलाको व्यासको पाठशाला ।
प्रथम बल यही हो आर्यहृदूको उज्याला ॥
कुसुमहरु यहाँ छन्‌ वेदका पत्रतुल्य।
सृजन प्रलयका छन्‌ चित्र राम्रा अमूल्य ॥
(९)

गगनपथ यहाँ छन्‌ आउने सत्‌प्रभात ।
यस वनतिर झर्छन्‌ तारकाबाट भाव ॥
पवन पनि अनौठा चल्छ कानेखुसीले ।
प्रथम ध्वनि मिहीले भर्छ आत्मा खुशीले ॥
(१०)