डराएका उँँचा सुरपति चिहाई तलतिर । भझुकी सोच्छन् “केले अब म तप भाँडूँ नि प्रखर ! बढी आई लिन्छन् सुरभवन-साम्राज्य सहज । उडेका धूवाँ झैँ सुरपुर भजी यज्ञ-उपर ॥ (४१) थिए कालादलालस असर बलिया नित्य झगडे । असत््का 'कुलिशअघि सत्ले सब लडे॥ न बग्ै मान्ने भो यिनसँग त लड्नाकन अब । त्यसै काँप्छन् मेरा कुलिश, मुटु, साम्राज्यविभव ॥ (४२) छ यो भित्री क्षेत्र प्रखर तपको प्रश्न-जटिल। - यहाँ क्वै जित्दैनन् प्रबल तपलाई असिबल ॥ प्रहारीको आफैं थरहर भई काँप्दछ कर । अहो धर्मा$5पत्ति प्रभु ! अब लिनोस् हाल-खबर ॥” (४३) लिई आई प्याला मधुर मदवाला जब परी । सुनौला प्यालामा अमृतरस सैतो सब भरी ॥ बनी लाली झुक्दी कर अघि दिई माणिक खुली । पिएनन् बज्जीले सजलनयनी भैकन चली ॥ (४४) सभा भो चाँडै नै सुरवर बसे शान्तवदन । थियो नीलो ठूलो तहतह हुँदो बैठक त्यहाँ-। जहाँ बत्ती बल्ये दिल खुस गरी नागमणिका । बसे, बज्जी डोल्थे चमर करले स्वर्गगणिका ॥ (४५) त्यहाँ भो सल्लाहा “तप र दम जित्ने छलहरू । भए झुक्ला चाँडै सुरपुर हुँदो तापस-तरु ॥ उनैको दौर्बल्यादिककन जगाए छ पतन । अरू व्यर्थै हुन्छन् प्रबल तप त्यौ जित्न जतन ॥ (४६)
Page:Shakuntala.pdf/22
Appearance