कुसुमहरु कलामा खोल्दछन् ओठ साना । विमल झलक झैं छन् सत्यका शीत दाना॥ यस वनतिर जाँदा कल्पना बन्छ छीटो । तरुतल जल सँग्ली बिम्ब ली बोल्छ मीठो ॥ (फो रविकिरण फुटेका पुष्प रङ्गीन फुल्छन् । शिशु-सरलपनाका स्वर्गका जीव खेल्छन् ॥ मधुर प्रकृत बाली देवताबाट फल्छन् । कतिपय धन मिल्छन् जो जगत्मा हुँदैनन् ॥ ७१२) अमृतरस फिँजारी शीतला9ह्लादकारी । हृदय कुमुदिनीको हास्यद्वारा उघारी ॥ छिरबिरसित भारी रम्य पारी छहारी । मधुमय विघु ओर्ली डुल्दछन् भै विहारी ॥ १२) तरल जलपरीका नागिनीतुल्य झीना । रजतपयर नाच्छन् स्वप्नभन्दा मसीना ॥ विघुकर तल पर्दा झल्मलाएर बोली । 'कल कल कल' ती मिलाएर लोली॥ लू ) झलमल नभ नीला झूल झैं झल्ल पारी । तमकन भवनिद्रातुल्य पारी फिँजारी ॥ अचल पवन अड्दा स्तब्धता ली निशालै । विहगभजन, सुत्दो ! ध्यान गर्छे मजाले ॥ १) कुसुमित चु शैकतराखग्रशाबा 1। कुसुम विहग नब ॥७०% ३०) आदिभाषा ॥ प्रकृति सृजद्वारा चारुताका | मनुजहृदय खिच्छिन् सत्यतर्फै पवित्र ॥ ६)
Page:Shakuntala.pdf/17
Appearance