अण्अणुहरू काँपेर त्यसका सामुन्ने विचित्र त्रासले 'हे भगवान्' को अन्तर्घ्वनि निकालेर भित्रभित्रै रुन्छन्, हाँसिरहेका यौवनका आँखाहरू पनि टलपलाएर करुण सहानुभूतिको प्रभावमा सबै फूलहरूका सौन्दर्यमा अन्तर्गत म्लानताको आच्छन्न आँसुहरू निकाल्दछन् । युगयुगका वियोगहरू त्यहीँ ध्वनित र प्रकाशित हुन्छन् । मानवताको मुटु, त्यही कोकोहलो हाल्दछ !
त्यस वियोगिनीका हृदयबाट सागरहरू पोखिन चाहन्छन्, घोप्टिन चाहन्छन् तर बूँदमा टप्किन्छन्, एक एक बुँद बूँदमा एक एक सागर बनेर अनन्त वेदना व्यक्त हुन चाहन्छ, तर घुड्का घुड्का आँसुमा गहिराइ उचालिन चाहन्छ, तर घुँक्किन्छ । मानौं संसारमा भाषा सीमित र अपूर्ण छ । विश्वका सबै नसानसा आँसुका स्पर्शले सर्सराउँदै वेदनाले बर्बराउँदै उठ्तछन् । कलेजा काँप्तछ । मुटुबाट चिसा सिर्का छट्तछन् ! प्राणले प्राण बोलाउँदै कोकोहलो हाल्दछ ! बलिन्द्रघारा छुट्तछन् । गाँठो पर्दछ । फुक्न खोज्छ, फुक्तैन 'गयो कि मेरा बाबा " भन्ने करुण क्रन्दन नैराश्यको अनन्त वेदनासँग वियोगमा अन्तर्घ्वनि झैँ जीवनको मुटुबाट निक्लन्छ । मानौं आत्मा बन्धन छाडेर जाने आत्मालाई बोलाउँदै चिच्याउँदै उद्तछ । आत्माले बिलाएको दृढ मोहनी स्मृतिमा खोज्दै 'यहाँ छ कि उहाँ छ कि' भनेर अतीतका मुटुमा छाम्न खोज्दा झल्केका ध्वनि र झल्काहरूमा 'यसो भन्थ्यौ नि बाबा !' 'यस्तो गर्थ्यौ नि बाबा !' भन्दै घुड्का-घुड्की पिउँदै वेदनामा बराबर निसास्सिदै, अङ्ग-अङ्ग सिर्सिराउँदै उठ्तछन् र प्रत्येक क्रन्दन-ध्वनिमा एक एक अनन्तका जादू संसारहरू चकनाचूर भएर छरिएका बिलौना रुँदै उठ्तछन् । जीवन, धन, सर्वस्व कहीं थियो; हरेक क्षणका चिन्तित आँसुहरूले आँखा भित्रैबाट भिजाई- भिजाईं त्यसको स्नैहशील पोषण गरिरहेका थिए । एक च्याँठले हृदयमा 'त्यो बिचरी कहाँ छ ?' भनेर खोज्न लगाउँथ्यो, एक चिल्लाहटले शिर चैतलाभरिका नसाहरू त्रासले काँपेर उठ्थे 'त्यसलाई केही भयो कि ?'- सुक्ष्म भावनाहरूले उसका निद्रामा सुन्दर सपनाहरू भागीभागी सुतेको, कुसुममुहार बराबर पुलुक्क हेर्दै प्यारका नजर तृप्त गर्दथे । उनी हावालाई भन्दथिन्, 'ज्यादा चिसो श्वासले नछोइदेक हे !' उनी नाटीकुटीहरूलाई जननीहृदयले धर्म बनाउँथिन्, कहिले सुँध्थिन्, कहिले स्तनका मुन्टामा धुम्थिन् र लोभका नजरले दूषण पहिला एक-दुई सिर्कालाई भूइँमा