बसेको बेलामा गुमेको आत्मा कहाँ-कहाँ भ्यालबाहिरबाट आउँछ र मलाई आँखाभरिभरि अनौठा आँसुले भरिदिन्छ ! मेरो मुटुमा कमलो कुना थियो-जीवहरू र कलिला पत्तीहरूका निमित्त, तर किन म यस्तो मुर्दा झैं बस्तछु । म आफै राम्ररी बुभिदनँ ।
मलाई संसारका क्र्रताहरूले गिज्याए-त्यस बेला जब म मृदुलको स्पर्श पाइरहेथेँ मेरो हृदयमा भीषण दक्खल परे ।दुनियाँका राता दाह्ार नङ्ग्राहरू देख्ता मेरो आत्मा चिढिएर कुँडियो । मैले भनें- 'म मात्र ज्यादा मृदुल हुनु अतिजीविताबाट बाञ्चत हुनु हो संसारको ढुद्ठे व्यवहारले नै हाम्रा कोमल नसाहरू ढुङ्गामा जडिदिन्छ । म यतिका मृदुल भावहरूमा सांसारिकताबाट पन्सिन चाहन्छु यति क्र्र दक्खलहरू हृदयमा अनुभव गरेर, दुनियाँ सोफझालाई घोचो दिन चाहन्छ कोमललाई दबाउँछ, क्रूरदेखि डराउँछ । तब म मात्र किन बाहेक बनूँ ? यसलाई दाँतले तर्साउनुपर्छ, ठूला आँखाले दबाउनुपर्छ, धूर्तता र असत्यताले यसलाई पेच मार्नुपर्छ । म खालि यसको दलनमा किन धूलो बनूँ ? यस्ता प्राकृत भावहरू संसारका हावाले सजिलैसँग उब्जाउँछन् ।
त्यसको मासु खान आत्मा बराबर घिनाउँथ्यो । मैले सोचें दुनियाँका नङ्ग्रा कति लाल छन्। मासु खाने, धर्मघुरन्धरहरूको प्रवृत्ति देखेर रिस उठ्यो । उनीहरूका धूर्तताका मसिना हतियारले दुनियाँको छाला काट्दै चपाउन चाहन्थे । लुछाचुँडीमा निर्धाको मासु नङ्ग्रालाई सिवाय मैले देखिनँ । आत्माले भन्यो-“धत् उल्लू ! मासु नखानु आडम्बर हो' 'जीवो जीवस्य जीवनम् ।' तब चेतलाई अँध्यारोमा फ्याँकेर मैले भनें- 'ले, त्यो बलियाको शिकारलाई !' मैले आफ्ना त्यस्ता भावनाहरूलाई भनें- धत् उल्लू हो ! चूप लाग । यो बोको बलि दिनुमा बलवान्को महिमा छ! म खालि प्राकृत जङ्गल-कानूनमा चलिरहेछ । महामायामा हिँसा छ !' तैपनि जिञ्चोलाई छकाए पनि यसभन्दा मीठोपन कहीँ अरू ठाउंमा छ भन्दै खान्थ्यो, शायद कन्दमूलमा र वक्षले आफैँ हातले दिने रसभरि दानाहरूमा । ममुर्दा जस्तो हुँदै गएँ र बराबर झल्याँस्स हुन्थेँ, 'छिः कस्तो, मैलो, मुर्दापन !' मेरो आत्मा बराबर रुन्थ्यो । तर खै के गर्ने ? भनेर मायावी आदतले त्यसै आँखा छोपिदिन्थ्यो ।
म बुभ्थे- म केका निमित्त जन्मिएको थिएँ । तर आफूलाई छकाउँथैँ । म सम्झन्छु-दुनियाँका व्यवहारका जरामा केही विषालुपन