बज्छ अनाहत मृदु झ्ङ्कार ! ॥
फिल्मी जीवन बन्दछ मिरमिर;
भर्दै अर्घनिमीलन सार ।
लहरीहरूमै श्रवबणसिपीमा
समरहरूको पारावर ॥
ढकनी-परीका पातला पंख
आधा-विपना-सपना-सार ।
चेत बिचेतका दोसाँध-जगत्मा
ओर्लिन्छन् मृदु झङ्कृतिदार
जलमा थलमा नहुने ज्योति-
हरूको बन्दछ मधु संसार ।
गोधुलिका अप्सरगणहरू
रुनुफुनु गर्छन् तार हजार !”
यो कविता त होइन, मानो छायावादी हुन खोज्नेको कृत्रिम भावको भझिलमिलावटसम्म मात्र हो तर ती कविता जो अनायास निद्रानेरको गोधूलिमा स्फुरण लिन्छन् र अलिखितका संसारमा मात्र लहरिन्छन् । अर्कै रुनझुनीसँग त्यस बेला बोलिरहेका थिए जब म अलमस्तीको माधुर्य अनुभव गर्दथे । मेरो क्षुद्र कुम्भकर्णका सपनाहरू र अलिखित कविताहरू प्रकाशित गर्ने छापाखाना भए, हाम्री 'शारदा' संसारको अत्युत्तम साहित्यधन बन्दथिन् । उनका निद्राअगीड कति लामो गोधूलि हुँदाहुन् र कति लामा विलास !
जब कुम्भकर्ण मस्त निदाएका हुन्थे त्यस बेला पनि उनमा प्रशंसनीयता नै हरहमेशा रहन्थ्यो ! रावण लङ्घाको राजा रहन्थ्यो । उनी पलङमाथि ! उनीलाई राज्यसीमा विस्तार गर्नको प्रयास पर्दैनथ्यो । दृश्यजगत्भन्दा ठूलो असीममा उनको शासन हुन्थ्यो । यथार्थ आई सहजै नाच्तथे । मानवजातिले सुन्दै नसुनेका विशाल बस्ती विचरण गर्दै उनी कहिले भैंसीको सूँड देख्तथे र कहिले हात्तीको याल । अति अपरिचित आत्माहरू उनलाई सलाम गर्न आउँथे, यद्यपि सलाम भन्ने शब्दमा हामी त्यो आनन्दपूर्वकको प्राचीन भझुकाइ देख्न सक्तैनौं । उनको आत्मा आनन्दको स्वतन्त्रतामा आफूखुशी सिर्जने सुनसानलाई भझिलमिलाएर बराबर आफ्नो राज्य नामेट पारेर अनुभव गर्दथ्यो । अनि फेरि रावणका