"को हो ?' भन्ने प्रश्न कोइलीबाट निस्केको जस्तो लाग्दछ र 'क' अक्षर पृथ्वीको पहिला वसन्तसँग सम्बन्धित भएजस्तो विदित हुन्छ । हृदयको आफ्नो भाव तर हृदयले पहिला थाहा पाउँछ क्यारे । अनि त्यसका स्पर्शहरू लम्बिदै जाँदा दर्शनशास्त्र बन्दाहन् ।
विश्वमा छन्द नभए म कवि हन सक्ने थिइनँ, चैतन्य नभए म अनुभूति पाउने थिइनँ, स्वगे नभए खोज्ने थिइनँ, नरक नभए डराउने थिइनँ, सिर्जना नभए मुखरित हने थिइनँ । गाना सितारमा बज्दैन, तर पहिलो सूर्यरश्मिमा चित्रकारी पहिला गुलाफमा निस्किएको थियो, नाटक पहिला प्रभातको तरङ्गमा ! मेरा नसामा नाला छन्, हृयदाकाशमा ताराको भिलिमिली छ । गोधूलीबाट म दोसाँधी दुनियाँको मिठास पाउँछु र मेरा छुन्द र लय छन्दोमञ्जरी र संगीतपरिचयमा छैनन्, तर अनन्तको फुलबारीमा जलको कलकल बनेर म बराबर निदाउँंछु, संसारबाट अनि म जागृत पक्षी झै गाउन खोज्छु, किन किन ?
विश्वकवि नभए साना कवि हने थिएनन् । हामी खालि हावामा रुनझुनाइरहेका टुक्रा टिप्तछौं । महासागरका स्वातिबँद करुणामा पिउँछौँ । साना नीदमा सपना देख्तछौं र हाम्रा भाषा व्याकरणबाट निस्कंदैनन् तर हृदयको प्रथम राशिबाट हाम्रो विश्वमा शीतकणमा झल्किरहेछन् र अनन्तको सामुन्ने आँसुका दानाजस्ता छन् । सिर्जनाको पहिलो सुख प्रेमद्वारा हामीलाई दोहोच्याउन र भाव लिन दिइएको छ । हामी अपूर्णता र लय सुन्दछौँ र क्षणमा अनन्तको स्पर्श गर्दछौं । पहाडहरूमा नीरका शिल्पकारी छन् । विश्व नृत्य, गान र मदिराले बनेको छ । अमृतबाट रूपरेखाहरू निस्के । घन्य ! त्यसको आनन्द जो आफ्नो मीठो रुनझुनीमा मस्त छ । म उसैको नक्कल गर्दछु । पर्दापछाडिका मरमरे झल्काहरू कानम व?वर पस्तछन् र हृदय परदेशी बन्दछ । म आत्म-समष्टिको होश पाएर स्पन्दन लिन्छु । मेरो मट्टी थाकेर उड्दछ र म भाषा आविष्कार गर्दछु । त्यही भाषामा छन्द हुने थिएन, यदि विश्वनेता बेलयको अन्धो काकताली हुँदो हो । हर मेरा तार मिलेर आउँछन्, तारकित तार-तम्यको जुहारदार झलमलाहट पनि अतन्तका बिन्दुहरूको नूपुरमा छन्दको आह्वान सुन्दछु ।
अनि त्यस होशले गुलाफ गाना बन्दछ, त्यसका कोमल अधरहरू बोलेर उद्दछन् । माटो र रश्मि छिरेर सजग बन्दछ, मधुर कम्पमा थर्कन्छ । मलाई वृक्ष लयदार जस्ता लाग्दछन् र पत्ती र कोपिलाहरू र