'जय जीवनदाता ! मलाई नछाडे ।' क आफूलाई अमृत पिउने जीव
भन्थ्यो । उभिन्थ्यो, माली थियो, बोल्थ्यो, हाँगा-हाँगामा सपना देख्थ्यो ।
रङ्गहरूलाई स्पर्श गर्थ्यो । किरणहरू तारमा बजाउँथ्यो । क आफ्ना संगीतलहरी सुनेर विराट्का नसा-नसाहरू बल्केको थाहा पाउँथ्यो । व्राससँग फक त्यो समतौलमा रहन माग्दथ्यो जसमा ताराहरू रहे । उसलाई फलुूँ-फलूँ भन्ने भाव बिरुवाहरूबाट आउँथे । क भन्थ्यो 'वा',
जब अँघेरीमा मौनको नबोल्ने गुजुल्टा झर्दथे । उसलाई प्रेम यति सरल थियो कि गला सुके दूधनिमित्त चिल्लाई रोइदिए पुग्छ भन्ने चेतले आँखा
भिजाएर ह्रात प्यांक्तथ्यो । उसमा विश्वास थियो- त्यो विश्वास, छ्रीको
दुप्पाअगाडि हाँस्तछ । 'मलाई यही कीराले आइईँ गन्यो' भनेर रोइदिन्थ्यो । खुट्टा निदाए पनि उसलाई बाबुको श्वासले फुकिदिए निको होला भन्ने पत्यार थियो । मरणासन्न वेदनामा पनि आँखा पिर्लिक्क पल्टाउँदै
ओठ लेप्राउँदै क बाबुको मुख हेर्ने गर्थ्यो, जबसम्म उसले अन्त्यको
बाबुलाई चिनेन । हामी यही तवरले जीउ छाम्छौं; यसै गरी मर्दा छौं र जीवन भन्ने जादू आजसम्म बुझिएन । माछाले पानी बुझेन, जिउनेले जीवन ।
मेरा बाह्य कर्महरूले दुनियाँका इतिहास बनाए, जराले साहित्य । मनलाई बुभ्न आजकल तेत्तीस कोटी मनोविज्ञानका पुस्तकहरू लेखिए । मैले कलेज र स्कूल पढाइरहेछु, किनकि उनीहरू जीवनको अनुभव
पढ्छन्, न कि कड्डालका
भीषण जडताहरू । मेरा कानका
निमित्त
संगीतशास्त्र बन्यो र मलाई सुनाउनका निमित्त तानसेनहरू ? म आफैँ गन्न सक्तिनँ कति राग र रागिनीहरू मलाई आनन्द दिन प्रबन्ध गरिए ! मेरा आँखालाई आफ्नै सौखका ठेलीहरूले टट्टाइरहेछन् ' सिनेमा र विश्वसिनेमा यिनकै निमित्त जन्मिए ! मेरो नाकलाई उषाले फूलबाट
शीतमय बास्ना निकालिरहिछन्- कृत्रिम अत्तरहरूको विभिन्नता र तिनका कारखानाउपर किन व्याख्यान छालटैँ ? स्पर्शलाई सिमल फुले ! स्वादलाई
सबै घर खानसामा बनिरहेछन् ।(1 तलास्न पचास करोड दैनिक खर्च !
मलाई खोल बनाउन तीन सय प्याड्रिन कम्पनी जन्मेर छाँटकाँटको बिज्ञान पढिरहेछन् । मेरो जुँघा छाँद्न तीन लाख फ्याक्टरीहरू कइँ-काइँ गरिरहेछन् सर डाँठका निमित्त ! यो मेरो बाहिरी सौखले दुनियाँमा उद्योगकला यान्त्रिक युगमा मानवजाति आइपुगिरहेछ । मलाई ४०८लक्ष्मी निबन्ध-संग्रह