होला । जलभन्दा सुन्दर चीज हामी साधारण जीवनमा पाउँदैनौं । अरू
चीज यत्तिकै बोल्न सक्तैनन्, न त चराहरू नै यत्तिका मधुरभाषी देखिन्छन् ।
यहाँ एक अधर मात्रै छैन । यहाँ भाषा गद्यमा रहन्न । प्रवाहशील,
तरङ्गशील, सूचनाशील सौन्दर्य यिनै नागबेली ध्वनिहरूमा पाइन्छन् ।
पहाडहरू बोलेको सुन्ने इच्छा यहीं तृप्तिको नजीक आउँछ । यस ध्वनिको सौन्दर्य कहीँ फूल भएर फुट्छ, कहीँ जमीन भएर लहलहाउँछ, कहीँ
चराले टिपेझौं बोली भन्दछ । यो प्राण-स्पृश्य छ- विशेष गरेर गर्मीका दिनमा । हाम्रो जीवन वीणा भए सरस्वती खोलाहरू हुन्। हाम्रा शिराहरू
सुर मिल्दै आउँछन्- जीवन बज्दछ, तब हाम्रा पहिला कविताहरू नदीकिनारमा निस्कन्छन् ।
कलकलमा चिच्याटलाग्दोपना हुँदैन । पाटनका शब्दबाट यिनीहरू
ध्रुव दूर छन्, यहाँ अविरलतासँग नवीनता हरहमेशा गाँसिइरहेको छ ।
यो ध्वनि एकै किसिमको जस्तो भए पनि विभिन्नता लिइरहेको जस्तो विदित हुन्छ । उहाँ लहर आउँदछन्, तर उनै होइनन्, उस्तै रेखाहरू
बन्दछन्, तर भिन्नै-भिन्नै । ध्वनि उही किसिमसँग निक्लन्छ तर नित्य
नवीनको अनन्तको बोलीमा दोहस्यावटविना एकै सत्य मुखरित भइरहेको
जस्तो बुझिन्छ । हाम्रो हृदयले छन्द र लयको पहिलो आभास ज्यादाजसो
यहीं पाउँछ अनि कवितको विकासक्रममा उही ध्वनि रूखका जरामा
घुम्दछ, फूलमा गएर रङ्गिन्छ, सूर्यको किरणसँग मितेरी लाउँछ, मोती र
मुगाहरूसँग गाँसिन्छ, पन्नाहरूमा फुट्तछ, कोइलीले पक्रिन्छ र भाषामा
प्रवाहशील बनेर बग्दै आउँछ । ज्यादा-जसो पहाडीहरू प्राकृत कवि
हुन्छन् र लयदार भाषामा गीत गाएर डोकोलाई संगीतमय बनाउँछन् ।
मलाई यस्तो लाग्छ कि पहाडहरूले यिनीहरूलाई कविता सिकाए । कल्पनामा लयदार ध्वनि पैदा गर्नलाई पहाड र सरिताको कलकलभन्दा
प्रबल उत्तेजना मैले कतै देखिनँ ।
सरीताको कलकलमा/३«